Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दोलखामा चार किलो सुन बरामद

  • उपहार न्यूज
  • बिहिबार, असोज ११ २०८०
दोलखामा चार किलो सुन बरामद

उपहार न्यूज
दोलखा दोलखामा प्रहरीले बुधबार राती चार किलो सुन बरामद गरेको छ । जिल्लाको गाउँपालिका ३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो । प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।
स्रोतकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भत्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । चार पिस पहेलो धातुसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार ९आज० प्रहरीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराउने तयारी गरेको छ । आइतबारदेखि चीनको रोङजिया र कोल्दुम सीमा नाका चीनले एक साताका लागि खोलिदिएको छ । तर यी नाकाबाट सुन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन् । चीनले बन्द गरेको लप्ची नाकाबाटै तस्करले सुन भित्र्याएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ ।

Last updated:2023 Sep 28 Thursday 05:27:43

प्रतिक्रिया
सम्बन्धित समाचार