विज्ञान पराजुली
उदयपुर श्रावण ६
मदन भन्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रिनपा १ फुलजोरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खादा ४ जना घाइते भएका छन् । पुर्वबाट पश्चिम् तर्फ आउदै गरेको प्रदेश –१–०२०५ १ प ३१६७ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फबाट आउदैगरेको स ७ प २८१५ नम्बरको स्कुटर दुर्घटनामा परि स्कुटर र मोटरसाइकलमा सवार बर्ष ५ ठको बद्री नारायण चौधरी , ४७ बर्षका बिकास चौधरी , २१ बर्षका जोन राई र २० बर्षका बद्रीनाथ गौतम घाइते भएका हुन । दुर्घटनामा घाइते भएकालाइ एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका वरिष्ठ हवल्दार सागर दियालिले जानकारी दिनुभयो। दुर्घटनाको कारण खुल्न नसकेपनी तीब्र गतिका कारण भएको हुनसक्ने प्रत्येक्षदर्शीलाई उदृत गर्दै हवल्दार दियालिले बताउनु भयो। घटना बारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।