Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको सिवाईमा अपरिचित व्यक्तिबाट स्थानिय महिलाहरु ठगीए

  • उपहार न्यूज
  • बिहिबार, चैत्र ३० २०७९
उदयपुरको सिवाईमा अपरिचित  व्यक्तिबाट स्थानिय महिलाहरु ठगीए

भास्कर चौधरी
३० चैत २०७९
उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाईका दर्जन बढि महिला अपरिचित ब्यक्ति बाट ठगिएका छ्न ।
२९ गते बिहान सिवाई गाउँ प्रवेश गरेका भारतीय नागरिक जस्तो देखिने ,प्रष्ट नेपाली बोल्न नसक्ने दुई जना महिला हरुले स्थानीय महिला हरु भालुन देबि चौधरी ,निकिता चौधरी ,ओम कुमारी चौधरी ,आशा चौधरी ,मनिसा चौधरी,निरुसा चौधरी ,अनसिया चौधरी लगायत सङ्ग सुन र चादिका लाखौंको गरगहना ठगेर फरार भएका हुन ।
गरगहना को फोटो बिदेश पठाईदिन्छु र त्यो बापत बिदेशी ले गहना अनुसार को रकम उता बाट पठाईदिने र त्यो रकम आफुहरुलाई नै गहना र उपहार सहित उपलब्ध गराउने बाचा गरेकोले सोहि अनुसार आफुहरुले घरमा,जिउमा रहेको सम्पुर्ण सुन र चादिका गहना दिएको पीडित भालुन देबि चौधरी ले बताए ।
बिहान गरगहना संकलन गरेका ति महिलाहरुले दिउँसो ४ बजे सम्म लगिएका सम्पुर्ण गहना, रकम, फ्रीज ,एल ई डि , स्कुटि पुरस्कार सहित फर्केर आउने र सो को जानकारी कसैलाई नगराउनु भनेकोले आफुहरु कसैलाई जानकारी नगराएको अर्का पिडित अन्सिया चौधरी ले बताए ।
साझ अबेर सम्म आफुहरुको गरगहना लैजाने ति महिला हरु फर्केर न आएपछि पीडितहरु ईलाका प्रहरी कार्यालय सिवाईमा हुलिया सहितको जाहेरि दिएको सिवाईका इन्चार्ज चन्द्र नारायण सिंह ले बताए ।
पीडित हरुको सूचना को आधार र प्राप्त सि सि टि भि फुटेज अनुसार प्रहरी ले खोजि कार्य तीब्र गरेको इन्चार्ज सिंह ले बताए ।
पीडित हरुको सूचना अनुरुप अनुसन्धान को लागि एक जना लाई ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरि सोधपुछ थालेको सिंह ले बताए ।
तिन दिन देखि गाउँ घरमा घुम्दै आएका ति अपरिचित दुई महिलाहरु उदयपुरको विभिन्न ठाउँमा पुरानो भाडाकुडा लिने र त्यस्को बदलामा नयाँ भाडाकुडा ल्याईदिने गरेको छ । यस्ता अपरिचित ब्यक्तिहरु गाउघर मा आउदा तिनीहरु बारे आफु पनि सतर्क रहन र नजिकैको प्रहरी मा खबर गर्न सम्बन्धित सबैलाई इन्चार्ज सिंह ले आग्रह गरेका छ्न ।

Last updated:2023 Apr 13 Thursday 05:28:24

प्रतिक्रिया
सम्बन्धित समाचार