Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा नदी नियन्त्रण उपभोक्ता समितिको अनियमितता

  • उपहार न्यूज
  • आइतबार, भाद्र ८ २०७६
त्रियुगा नदी नियन्त्रण उपभोक्ता समितिको अनियमितता
smart

उपहार न्युज
उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि उपभोक्ता समितिले गरेको काममा अनियमितता भएको पाइएको छ । सार्वजनिक खरिद गुरुयोजना पास नभइ सकेको अवस्थामा काम गराउनै पर्ने तर समय नभएको भन्दै नदी नियन्त्रणका लागि बाँध निर्माणको काम उपभोक्ता समिति मार्फत गरिएको छ । नियम अनुसार उपभोक्ता समितिले काम गर्न नमिल्ने भए पनि समिति गठन गरी काम गरिएको खाडो तथा त्रियुगा नदी व्यवस्थापन आयोजना राजबिराजले जनाएको छ  ।
त्रियुगा नदी व्यवस्थापन आयोजनाको छुट्टै आयोजना कार्यालय नभएकाले खाडो नदी व्यवस्थापन कार्यालय राजविराजले हेर्दै आएको छ । आयोजनाले गत आर्थिक वर्षको अन्तिममा उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका र सप्तरीको सप्तकोसी नगरपालिका क्षेत्रमा बाँध निर्माणसँगै ढुंगा र माटो भर्ने काम गरेको थियो । आयोजनाले त्रियुगा नगरपालिका क्षेत्रमा करिब २ करोड रुपैयाँ लागतमा उपभोक्ता समिति मार्फत १ हजार ७ सय मिटर बाँध, त्यसमा माटो भर्ने र ढुंगा जालीको काम गरेको थियो । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा २ किलोमिटर बाँधमा माटो भर्ने, ढुंगा जालीको काम गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार एउटा मात्रै उपभोक्ता समितिले काम गर्न नमिल्ने भएपछि त्रियुगा र चौदण्डीगढी नगरपालिका छुट्टाछुट्टै १७ प्याकेज बनाएर १७ वटै उपभोक्ता समिति मार्फत काम गरिएको छ ।
त्यसैगरी बेलका नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत ८ सय मिटर बाँध र पुरन्दहमा ३ वटा स्पर बनाइएको आयोजनाले जनाएको छ । यता सप्तरीको सप्तकोसी नगरपालिकामा ४ उपभोक्ता समितिबाट डेढ किलोमिटर बाँध निर्माणका लागि माटो, ढुगा जालीको काम गर्न झन्डै २ करोड भुक्तानी गरिएको छ । गत आर्थिक वर्षमा त्रियुगा नदी नियन्त्रणका लागि झन्डै १० करोड विनियोजन गरिएकोमा सवा ८ करोड रुपैयाँको काम गरिएको आयोजना प्रमुख विष्णुदेव यादवले बताउनु भएको छ  ।

Last updated:2019 Aug 25 Sunday 18:23:16

प्रतिक्रिया
सम्बन्धित समाचार