उपाहार न्यूज
उदयपुर पौष १०
दाजु भाई समुह दोहा कतारले संस्कृति जगेर्नामा लागेको झीगु नेवाः पुचः त्रियुगा नगरपालिका वडा नम्बर १० लाई ५० हजार रुपैया सहयोग गरेको छ ।
प्रदेश नम्बर १ स्तरीय लाखे नाच तथा खाना मेलाको अबसरमा आयोजित कार्यक्रममा दाजु भाई समुहले झीगु नेवाः पुचः लाई ५० हजार सहयोग गरेको हो । दाजु भाई समुह दोहा कतारका अध्यक्ष संदिप भट्टराई तथा नेपाल सदस्य सरोज श्रेष्ठले शनिवार गाईघाट स्थित पिपल चोकमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्ताणतरन गरेको हो । त्यसैगरी महोत्सव आयोजक समितिलाई १० हजार, लाखे नाच प्रतियोगीतामा सहभागीता जनाउन आएको ओखलढुंगा र इलाम लाई पनि ५/५ हजार रुपैया सहयोग गरेको छ ।