Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा पौष ४ देखि खाना महोत्सव हुने

  • उपहार न्यूज
  • शनिबार, मंसिर २४ २०७९
उदयपुरमा पौष ४ देखि खाना महोत्सव हुने

उपाहार न्यूज
उदयपुर मंसीर २४
झिगु नेवाः पुचः गाईघाटको आयोजनामा आगामी पुस ४ दखि १० गतेसम्म उदयपुरको गाईघाट बजारमा खाना महोत्सव हुने भएको छ ।
कला संस्कृतिको संरक्षण आन्तरिक पर्यटन प्रबद्र्धन पहुच पहिचान र परिकार स्वरोजगार समृद्धिको मुल आधार भन्ने नारा सहित गाईघाट स्थित पिपल चोकमा एक साता सम्म खाना महोत्सव तथा १ नम्बर प्रदेश स्तरीय प्रतियोगीतात्मक दोस्रो लाखे नाच महोत्सव २०७९ आयोजना हुने भएको हो ।
शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा विभिन्न जातीय परिकारसहित नेपाली खाना महोत्सव गर्ने जनाएको छ । कला संस्कृति संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव गर्ने भएको हो ।
स्थानिय कला संस्कृतिको संरक्षण तथा खाना परिकारको व्यवसायीकताको लागि पहिलो पटक २०७५ सालमा आयोजना गरिएको खाना महोत्सव त्यस यता कोभिड १९ का कारण प्रभावित भएको थियो ।
खाना महोत्सव संगै १ नम्बर प्रदेशको लाखे नाच तथा उदयपुर जिल्ला स्तरीय नेवा छमछमीको समेत आयोजना गर्न लागिएको त्रियुगा उद्योग वाणिज्य संघका सचिव गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
महोत्सवमा परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातीको भेषभुषा तथा झाँकीहरु प्रदर्शन हुनेछ । नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुनेछ । विभिन्न जातजातिका परिकार विक्री वितरण हुनेछ । दैनिक साङ्गितिक प्रस्तुतीहरु हुनेछ ।
मेलाले कृषि पेशालाई ब्यवसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने, ब्यवसायिक चेतना अभिबृद्धि गर्ने र लगानीको अवसरहरुको सिर्जना गर्ने आयोजकको दावी छ ।
नेवाः पुचः ले खाना महोत्सवलाई २०८० मा कटारी, २०८१ मा बेलका र २०८२ मा चौदण्डिगढी नगरपालिकामा स्थानिय जातजाती संग समन्वय गरेर आयोजना गर्ने लक्ष्य राखिएको जनाएको छ ।
खाना महोत्सव संगै आयोजना गर्न लागिएको छमछमी सिजन ३ पौष ८, ० र १० गते आयोजना हुने र लाखे नाच महोत्सव पौष ९ गते आयोजना हुने आयोजकले जनाएको छ ।
लाखे नाच प्रतियोगीतामा बिजयी हुने प्रथमलाई एक लाख एक रुपैया, दोस्रो हुने लाई ७५ हजार १ रुपैया, तेस्रो हुने लाई ५१ हजार एक रुपैया र सान्तवना हुनेलाई ११ हजार एक रुपैया सहित पुरस्कृत गर्ने योजना छ । नेवा छमछमीका प्रतियोगीहरु मध्य प्रथमलाई २१ हजार, द्धितृयलाई १५ हजार तृतीयलाई ११ हजार सान्त्वना दुई जनालार्य दुई हजार एक सयको दरले पुरस्कृत गरिने छ ।
कार्यक्रममा स्तानिय कलकार संगै दैनिक राष्ट्रिय कलाकारहरुको गायन तथा हास्य व्यंग्य कार्यक्रम, उदयपुर जिल्लाको पर्यटन प्रबद्र्धन तथा होम स्टे विस्तार सम्बन्धी छलफल तथा अन्तरक्रिया आयोजना हुने छ । महोत्सवले त्रियुगाको एक वडा एक जातीको होमस्टे प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्य लिएको छ । करिब २३ लाखको खर्च अनुुमान गरेको आयोजकले ३० लाखसम्म आम्दानीको लक्ष लिएको छ । केही रकम बचत गरेर नेवा समुदायको जातीय सङ्ग्रालयमा सामान जोड्ने जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायोजन गोर्खा ब्रुअरी, सप्तकोसी सिमेण्ट संगै त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका वडा नम्बर ११ को समेत सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो ।
पत्रकार सम्मेलनमा संस्थाका सचिव गोपाल श्रेष्ठले सबै पक्षसंग साथ, सहयोगको अपिल गरे । यसअघि होटल ब्यवसायी संघसंगको सहकार्यमा पहिलो खाना महोत्सव भएको थियो । यसपटक झिगु नेवाः पुचः ले एकल आयोजना गरेको छ ।

Last updated:2022 Dec 10 Saturday 12:26:05

प्रतिक्रिया
सम्बन्धित समाचार