Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जनताको काम इमान्दारीतापूर्वक गर्छौ ः गठबन्धन उम्मेदवार

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १८ २०७९
जनताको काम इमान्दारीतापूर्वक गर्छौ ः गठबन्धन उम्मेदवार

उपाहार न्यूज
उदयपुर कात्तिक १८
चुनावी अभियानमा होमिएका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले आफुहरुको मुल उद्देश्य विकास र समृद्धि भएकाले सोहि अनुरुप अघि बढेको बताएका छन् । स्थानिय समस्याहरुको पहिचान गर्दै जनताको माग र आवश्यक्तामा आधारित रहेर विकासलाई तिब्रता दिने बताएका छन् ।
उदयपुर १ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनले शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ८ र ९ मा आफ्नो चुनावी अभियानका कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. नारायण खड्काले आफुले विगत देखि उदयपुरको समस्यालाई नजिकबाट बुझेर स्थानिय विकासमा योग्दान पु¥याउदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताउनु भयो ।
संयुक्त गठबन्धनले त्रियुगा नगरपालिका ८ झोरामा आयोजना गरेको कोण सभालाई संबोधन गर्दै प्रदेश सभा १ (ख) का उम्मेदवार हिमाल कार्कीले आफुहरुले जनताको काम इमान्दारीताका साथ गर्दै आएको बताउनु भयो । उहाँले आफुले जिल्लाबासीको सिर निहुरीने गरी कहिले पनि कुनै गलत कर्म नगरेको बताउदै आफु अघिल्लो पटक निर्वाचित भए संगै यस क्षेत्रमा विकासका धेरै कामहरु गरेको र आगामी दिनमा पनि स्थानिय विकासमा आफ्नो योग्दान रहने उहाँले बताउनु भयो ।
कार्यक्रममा एकिकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले संविधानको रक्षा गर्दै देशलाई समुन्नती तर्फ लग्नको लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले पटक पटक संसद विघटन गर्ने देशलाई अनिर्णयको बन्दी बनाउने खड्ग प्रसाद ओली प्रबृत्तिको अन्तको लागि बाम लोकतान्त्रिक गठबन्धनको आवश्यक्ता रहेको औल्याउदै आसन्न निर्वाचनमा डा. नारायण खड्का, हिमाल कार्कीलाई आफ्नो अमुल्य मतदान गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेश सभा समानुपातिक उम्मेदवार माओवादी केन्द्रकी नेतृ सम्झना तामाङले मुलुकको समृद्धि र विकास गठबन्धनको बिजयीबाट मात्रै संभव रहेकाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न र समानुपातिकमा दलगत चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नेपाली कांग्रेसका महेन्द्र चौधरी, एकिकृत समाजवादीका दुर्गा परियार प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसकी नेतृ लिला राई, एकिकृत समाजवादीका विक्रमी चौधरी महतो, गंगा कार्की लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2022 Nov 04 Friday 12:53:27

प्रतिक्रिया
सम्बन्धित समाचार