Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेस उदयपुरको परिचालन समितिले पूर्णता पायो

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक ३ २०७९
कांग्रेस उदयपुरको  परिचालन समितिले पूर्णता पायो

उपाहार न्यूज
उदयपुर कात्ति ३
नेपाली कांग्रेस उदयपुरले आगामी मंसीर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि गठन गरेको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेस उदयपुरले निर्वाचन परिचालन, निर्देशन र अनुगमन समितिको संयोजकमा पूर्व पार्टी सभापती विदुर बस्नेतलाई जिम्मेबारी दिएको थियो ।
बस्नेतको संयोजकत्वमा गठित समितिको सह संयोजकमा पार्टी उप सभापती भिमचन्द्र राई, बल बहादुर तामाङ पार्टी सचिव राजेशचन्द्र श्रेष्ठ, मुरारी खड्का सह सचिव टिकराम बुढाथोकी, चन्द्रदिप पौडेल कोषाध्यक्ष मौसम राई, प्रमिल राई, शान्तिदेवी चौधरी, सन्जा दनुवार, सुमन परियार, ठाकुर मगर, लक्ष्मीराज अधिकारी, खगेन्द्र राई, रामकुमार राई, अर्जुन दहाल, सरोज बस्नेत, खेस बहादुर मगर, दुर्गा खपाङी मगर, अशोक कार्की, राजेन्द्र प्रसाद पौडेल, प्रकास खड्का, प्रशाक थापा, दिपकुमार रास्कोटी, याम बहादुर पाण्डे, घमान थापामगर, नेत्र बहादुर कार्की, बसन्त बस्नेत, पुष्पलाल राई, जीत बहादुर खड्का, धनमाया मगर र भुपेन्द्र थापा रहेका छन् । समितिको बिहिबार बसेको बैठकले सदस्य सचिवमा पार्टीका पूर्व सचिव मदनराज कटुवाललाई मनोनयन गरेको छ । कांग्रेसले निर्वाचन परिचालन समिति जिल्लाको आठवटै स्थानिय तहमा गठन गर्ने लक्ष्य राखिएको सदस्य सचिव मदनराज कटुवालले जानकारी दिनु भयो । कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर कोषाध्यक्ष मौसम राईको संयोजकत्वमा तीन सदस्य आर्थिक समिति गठन गरेको छ, सदस्यहरुमा टिकाराम बुढाथोकी र प्रकाश थापा रहेका छन् ।

Last updated:2022 Oct 20 Thursday 12:13:24

प्रतिक्रिया
सम्बन्धित समाचार