Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर मालपोतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर (तस्बीरहरु सहित)

  • उपहार न्यूज
  • बुधबार, कार्तिक २ २०७९
उदयपुर मालपोतमा मेगा  बैंकको एक्सटेन्सन काउन्टर (तस्बीरहरु सहित)

उपाहार न्यूज
उदयपुर कात्तिक २
सेवाग्राहि र सेवा प्रदायकलाई आर्थिक कारोबारमा सहजताको लागि मेगा बैंक नेपाल लिमिटेडले जिल्ला मालपोत कार्यालय उदयपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
बुधबार एक कार्यक्रमका विच एक्सटेन्स काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर काउन्टरको उद्घाटन गर्नु भयो । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको बैंकका सूचना अधिकारी तुलसीराम पोख्रेलले जानकारी दिनु भयो ।
एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् । कार्यक्रममा मालपोत अधिकृत, कोलेनिका प्रमुख, नापि कार्यालयका प्रतिनिधि लगायत कर्मचारी, सेवाग्राहि लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा प्रदेश नम्बर १ का मेघा बैंकका प्रमुख बिबेकबन्धु न्यौपानेको अध्यक्षतामा र गाईघाट शाखा प्रबन्धक बिष्णु कार्कीले संचालन गर्नु भएको थियो ।

Last updated:2022 Oct 19 Wednesday 12:14:22

प्रतिक्रिया
सम्बन्धित समाचार