Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बाल विबाह न्यूनीकरणको लागि अन्तरपुस्ता संवाद

  • उपहार न्यूज
  • आइतबार, भाद्र १२ २०७९
बाल विबाह न्यूनीकरणको लागि अन्तरपुस्ता संवाद

उपाहार न्यूज
उदयपुर भाद्र १२
बाल विवाह न्यूनीकरणको लागि त्यसको सामाजिक तथा शारिरिक असरको समिक्षा गर्दै अन्तरपुस्ता संवाद कार्यक्रम शुक्रबार आयोजना भएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुर र वल्ड भिजन इन्टरनेशलको सहकार्यमा संचालित उपेक्षा दुव्र्यवहार विभेद र हिंसा बिरुद्धको किशोरकिशोरी सशक्तिकरण (सामाना) परियोजना अन्तर्गत बाल विवाह न्यूनीकरणको लागि अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जेष्ठ नागरिक तथा किशोर अबस्थाका सहभागी विचमा बाल विवाह र त्यसको असरको बिषयमा अन्तरसंवाद गराईएको थियो । कार्यक्रममा जेष्ठ नागरिक रेनुका कार्की र निगमकुमार कोइरालाले आफ्नो उमेर समुहमा विवाह हुदाँको स्मरण तथा अनुभव सुनाउनु भएको थियो । उहाँहरुले विगतका समयमा वाल विवाह सामाजिक अशिक्षाको कमीले हुने गरेको र त्यसबाट खेप्नु परेको असरको बिषयमा जानकारी गराउदै बाल विवाहले पार्ने असरको बिषयमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा किशोर किशोरीका तर्फबाट रौतामाईका सुस्माकुमारी सार्की र लोक बहादुर विकले आफ्नो पुस्तामा बढ्दो बाल विवाह रोक्नको लागि जनचेतना अभिबृद्धि गराउनु पर्ने बताएका थिए । आफ्ना समकालिन साथीहरुले बाल विवाह गर्दा त्यसबाट देखिएको असर बारे आफुहरुलाई पनि राम्रो ज्ञान भएकाले सके सम्म आफ्नो पुस्तालाई बाल विवाह नगर्न रोक लगाउने अभियानमा लाग्ने उनीहरुले बताएका थिए ।


सामाजिक अभियान्ता अजयकुमार साह र वल्डभिजनका प्रतिनिधि आनन्द खड्काले बाल विवाह रोक्नको लागि परिवार देखिनै सचेतना जगाउनु पर्ने बताएका थिए । सामाजिक अभियान मात्रै संचालन नगरेर यसलाई रोक्नको लागि व्यवहारिक अभियाननै चलाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राकेशकुमार पोदार तथा प्रहरी नायव निरिक्षक उमा गुरुङले उदयपुर जिल्लामा बाल विवाहको घटना र त्यसमा प्रहरी प्रशासनको भुमिका र आगामी दिनमा त्यसको न्यूनीकरणको लागि चाल्नु पर्ने कदमको बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका उपपप्रमुख तेज प्रसाद गिरी, रौतामाई गाउँपालिकाका प्रमुख बीरेन्द्र आलेमगर, नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र सिग्देलले बाल विवाह रोक्नको लागि सबै पक्षले लागि पर्नु पर्ने बताउनु भयो । उहाँहरुले परियोजना संचालन हुदा मात्रै नभएर बाल विवाह सामाजिक समस्यानै भएकाले यसलाई स्थानिय सरकार तथा सामाजिक क्षेत्रबाटनै न्यूनीकरणको लागि लाग्नु पर्ने औल्याउनु भएको थियो । यस किसिमको अन्तरसंवादलाई अन्तर पुस्ताको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा रौतामाई गाउँपालिकाका किशोर किशोरी, पत्रकार, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, शिक्षक लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोख्रेलले बाल विवाह न्यूनीकरणको लागि साझा प्रयासबाट मात्रै संभव रहेकाले यसलाई साझा समस्याको रुपमा लिएर न्यूनीकरणको काममा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले अन्तरपुस्ता संवादबाट विभिन्न बिषयहरुको उठान भएकाले उठान भएका बिषयलाई गम्भीरताका साथ लिएर आगामी योजनाहरु अघि बढ्नु पर्नेमा जोड दिनु यो । कार्यक्रमको सहजीकरण सामाजिक अभियान्ता निरज न्यौपानेले गरेका थिए । जाल्पा एकिकृत विकास समाज उदयपुर वल्र्ड भिजन इन्टरनेशनलको कार्य क्षेत्रको रुपमा रहेको रौतामाई गाउँपालिकाको आठ वटै वडा र गाउँपालिका स्तरमा समेत अन्तरपुस्ता संवाद कार्यक्रम संचालन भएको उपेक्षा दुव्र्यवहार विभेद र हिंसा बिरुद्धको किशोरकिशोरी सशक्तिकरण (सामाना) परियोजनाका कार्यक्रम संयोजक कमल बहादुर कटुवालले जानकारी दिनु भयो ।

Last updated:2022 Aug 28 Sunday 04:20:10

प्रतिक्रिया
सम्बन्धित समाचार