Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गाईघाटमा एमाले प्रशिक्षण जिल्ला स्तरका नेता सहभागी

  • उपहार न्यूज
  • शनिबार, साउन २८ २०७९
गाईघाटमा एमाले प्रशिक्षण जिल्ला स्तरका नेता सहभागी

उपाहार न्यूज
उदयपुर श्रावण २८
नेकपा एमाले उदयपुरले शनिवार जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुलाई एक दिने प्रशिक्षण गरेको छ । पार्टीको आन्तरिक संगठन सुदृढिकरण तथा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै एमाले उदयपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले उदयपुर अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनु भयो ।
गाईघाट स्थित होटल टाउन हलमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्लाभरका करिब चार सय नेता तथा कार्यकर्ताहरुले प्रशिक्षणमा सहभागीता जनाएका थिए ।
प्रशिक्षणमा एमालेका जिल्ला कमिटि, पालिका कमिटि, जनवर्गीय संगठनका प्रतिनिधि, स्थानिय तहमा निर्वाचिन जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज देवराज घिमिरे, स्थायी कमिटि सदस्य हिक्मत कार्की, प्रदेश १ अध्यक्ष तुलसी न्यौपाने, पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज मन्जु चौधरी, केन्द्रिय सदस्य अम्बिका थापा तथा प्रदेश कमिटिका उप सचिव शैलेस लामा लगायले प्रशिक्षण गर्नु भएको एमाले रौतामाई गाउँपालिका पार्टी अध्यक्ष केशव चाम्लीङ राईले जानकारी दिनु भयो ।


कार्यक्रमम नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेता केदार दनुवार सहित दुई दर्जन बढि नेकपा एमाले प्रवेश गरेका छन् । लामो समय देखि माओवादी केन्द्रमा रहेका दनुवार सहित वडा नम्बर ९ का माओवादी केन्द्रका वडा सभापती जीत बहादुर बराल सहित माओवादी परित्याग गरी एमाले प्रवेश गरेको एमाले नेता केशव चाम्लीङ राईले बताउनुभ यो ।

Last updated:2022 Aug 13 Saturday 11:45:10

प्रतिक्रिया
सम्बन्धित समाचार