उपाहार न्यूज
उदयपुर श्रावण १५
गाईघाटमा बर्सेनी मनाईदै आएको छठ पुजा तथा दुर्गा पुजा व्यवस्थान समितिको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गा पुजा व्यवस्थापन समितिको अध्यक्षमा पुन रुपम अनुराग गुप्तालाई चयन गरेका छ । समितिको उपाध्यक्षमा निर्मला देवी गाई सचिवमा उमेश प्रसाद गुप्ता, सह सचिवमा अनिल गूपता कोषाध्यक्षमा शिलाकुमारी महतो र सदस्यहरुमा सुनिल साह, सुनिल महतो, वविता साह, शंकर साह, ललित नायक र खेमराज गुप्ता सर्वसहमत चयन भएको छ ।

त्यसैगरी छठ पुजा व्यवस्थापन समितिमा चन्दनकुमार साह हलुवाई अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा श्यामकुमार भगत, बिजयकुमार साह, अनिता भगत सचिवमा ललितकुमार नायक सह सचिवमा शम्भु प्रसाल शर्मा कोषाध्यक्षमा सुरज साह निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रमिला थापा, अनिता खतिवडा, सिंहेश्वर गुप्ता, चन्डेश्वर विश्वकर्मा, भगतकुमार झा, राजकुमार ठाकुर, निर्मला गाई र लक्ष्मी गुप्ता निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरत खड्काले जानकारी दिनु भयो ।