उपाहार न्यूज
उदयपुर श्रावण १३
त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मान बहादुर वनले कार्यभार सम्हालेका छन्, शुक्रबारबाट कार्यभार सम्हालेका वनलाई त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, नगर उपप्रमुख महेश्वरी राई वडाअध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका छन् । दुई बर्ष देखि खोटाङको बराहपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका वन सरकारले गरेको पछिल्लो पदस्थापनमा त्रियुगा नगरपालिका आईपुगेका हुन् । त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मख्य मन्त्रीको कार्यालय पुगेका छन् ।

अधिकृत वन उदयपुरका पूर्वाधार विकास कार्यालयमा लामो समय सम्म शाखा अधिकृतको रुपमा कार्यरत रहनु भएको थियो । प्रशासनिक कार्यमा दक्षता राख्ने वन उदयपुरकै सबै भन्दा पुरानो त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए पछि कर्मचारीहरु पनि खुसी भएका छन् ।