उपाहार न्यूज
उदयपुर असार १४
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ सहितको टोलीले उदयपुर जिल्लाको भ्रमण गर्नु भएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघको भ्रमणमा निस्कनु भएका संघका उपाध्यक्ष श्रेष्ठ सहितको टोलीललाई त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले स्वागत गरेको थियो ।
सोमबार त्रियुगा उद्योग वाणिज्य संघमा संघका जिल्ला नगर उपाध्यक्ष सहित बाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री तथा सिन्धुली उद्योग वािणज्य संघका निवर्तमान अध्यक्ष अम्रेशचन्द्र बैदार सहितको टोलीलाई त्रियुगा उद्योग वाणिज्य संघमा स्वागत गरिएको थियो । उद्योग वाणिज्य संघका केन्द्रिय टोलीलाई स्वागत गर्दै त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा र प्रथम उपाध्यक्ष नबिन बस्नेतले हाल त्रियुगा उद्योग वाणिज्य संघले भोग्दै आउनु परेको समस्या, स्थानिय व्यवसायीको समस्या र निजि क्षेत्रको बिषयमा जानकारी गराउनु भएको थियो ।

उपाध्यक्ष श्रेष्ठले त्रियुगा उद्योग वाणिज्य संघ र आबद्ध व्यवसायीहरुको हकहितको लागि केन्द्रिय तहबाट सहयोग पु¥याउने बताउनु भयो । उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठ सहितको टोलीले जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेर प्रमुख जिल्ला अधिकारी र त्रियुगा नगरपालिका प्रमुख संग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव संगको भेटमा त्रियुगा उद्योग वाणिज्य संघको संस्था नविकरणमा सहयोग पु¥याउन आग्रह गर्नु भएको थियो । उहाँले स्थानिय शान्ति सुरक्षामा उद्योग वाणिज्य संघ संग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उपाध्क्ष श्रेष्ठको टोलीले त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत सहितको टोली संगको भेटमा निजि क्षेत्र संगको साझेदारीमा नगरपालिकाको निति बनाएर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । नगर क्षेत्रमा निजि क्षेत्रलाई आकर्षण गर्ने किसिमका कार्यक्रम ल्याउनु पर्ने महासंघ टोलीको जोड थियो । नगर प्रमुख बस्नेतले आफु निजि क्षेत्र संगको साझेदारीमा स्थानिय व्यवसायीहरुको सुरक्षा, प्रबद्र्धन गर्नका लागि आवश्यक क्षेत्रमा समन्वय गरेर अघि बढ्ने बताउनु भएको थियो ।

