उपाहार न्यूज
उदयपुर असार १२
त्रियुगा नगरपालिकामा कार्यरत वडा सचिव कर्मचारीहरुको माग प्रति त्रियुगा नगरपालिका सकरात्मक भएको छ । विभिन्न माग राख्दै वडा सचिव हक हित संरक्षण समितिले त्रियुगा नगरपालिका नगर प्रमुख र उपप्रमुख माझ विभिन्न ७ बुदे माग राखेको थियो ।
वडा सचिवहरुले वडाको कार्य सम्पादन गर्नका लागि वडा स्तरमा एक जना कमप्युटर अपरेटर र सब इन्जिनियर वडामै रहने गरी व्यस्था गर्नु पर्ने, वडा सचिवहरुलाई प्रभावकारी कार्य सम्पादनको लागि सवारी साधनको व्यवस्थापन, प्रशासनिक खर्च न्यूनतम ७ लाख देखि ९ लाख सम्म व्यवस्था गर्नु पर्ने माग राखेका थिए ।
वडा सचिवहरुलाई जोखिम तथा फिल्डमा खटिने कर्मचारीहरुलाई भत्ताको व्यवस्था, कार्य सम्पादनको आधारमा कर्मचारीहरुलाई प्रोत्साहन पुरस्कारको व्यवस्था, वडा सचिवहरुको नियमीत बैठक तथा वडा सचिवहरुलाई सिरियल नम्बर अनुसारको पोसपेड सिम सहितको कार्यालय प्रयोजनको संचार आदान प्रदान गर्नका लागि मोवाइल फोन उपलब्ध गराईनु पर्ने माग राखेका थिए ।
वडा सचिवहरुले नगर प्रमुख बसन्तकुमार बस्नेत तथा उपप्रमुख महेश्वरी राईलाई संयुक्त रुपमा माग पत्र प्रस्तुत गरेका थिए । वडा सचिव हक हित संरक्षण समितिका अध्यक्ष महेश खनाल नेतृत्वको सचिवहरुको समुहले ज्ञापन पत्र बुझाएको हो ।