Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियो चौदण्डीगढीद्वारा वृक्ष्यारोपण

  • उपहार न्यूज
  • शनिबार, असार ४ २०७९
सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियो चौदण्डीगढीद्वारा वृक्ष्यारोपण

उपाहार न्यूज
उदयपुर असार ४
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित टिम साथी नेटवर्कद्वारा संचालित रेडियो चौदण्डीगढी ९४.४ मेघाहर्जले सामाजिक उत्तरदायित्व अन्तर्गत आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, बेल्टारस्थित मदन भण्डारी राजमार्गको समाबेशी लाईनको दायाँबाँया १०० थान शिरिश प्रजातीकोे बिरुवा रोपेको छ ।

क्लिन एण्ड ग्रीन बेल्टारसंगको सहकार्य एवंम सव डिभिजन वन कार्यालय बेल्टारको सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको र आगामी पाँच बर्षसम्म विरुवाको संरक्षण गर्दै त्यस क्षेत्रलाई लभ स्टेशनको रुपमा बिकास गर्ने योजना रहेको रेडियो चौदण्डीगढीका प्रबन्ध निर्देशक सन्तोष रौनियारले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कालुमान लामाले रेडियो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम लिएर सामाजिक कार्यमा आउँदा अरुलाई पनि यसरी नै सामाजिक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने बताउदै बृक्षा रोपन गरेर रेडियोले सराहनिय कार्य गरेको बताएका छन् । यस्तै जिल्ला वन डिभिजन कार्यालय उदयपुरका प्रवक्ता जागेश्वर साहले वृक्षा रोपन मात्र होईन यस्को संरक्षण पनि गर्नुपर्ने बताउदै आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । आँप खहरे सामुदायिक वन समुहको क्षेत्रमा गरिएको बृक्षा रोपन कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख लामा, निवर्तमान नगर प्रमुख खगेन्द्र राई , प्रमुख प्रशासकिय अधिकृत ध्रुवराज आचार्य, सव डिभिजन वन कार्यलय उदयपुरका प्रवक्ता जागेश्वर साह लगायत रेडियोकर्मी, पत्रकार, समाजसेवी, बिज्ञापनदाता, क्लिन एण्ड ग्रीन बेल्टारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Last updated:2022 Jun 18 Saturday 13:30:23

प्रतिक्रिया
सम्बन्धित समाचार