उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले बुधबारनै पदभार ग्रहण गरेका छन् । बुधबार पद तथा गोपनियता सपथग्रहण गरे संगै निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न तीन निर्णय समेत गरेको वडा अध्यक्ष तिलक बहादुर टकुवालले जानकारी दिनु भयो ।
वडा अध्यक्ष कटुवालको अनुसार त्रियुगा नगरपालिका वडा नम्बर ३ भित्रका कक्षा ५ सम्मका सम्पूर्ण बालबालिकाहरुलाई चालु शैक्षिक शत्रमानै निःशुल्क विद्यालय पोसक वितरण गर्ने, वडा भित्रका महिलाहरुलाई स्वास्थ्य चौकी मार्फत निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने र सडक बत्ती वडाका सबै क्षेत्रमा तत्काल व्यवस्था गर्ने निर्णय गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिनु भयो ।
वडा नम्बर ३ मा वडा अध्यक्ष तिलक कटुवाल सहित वडा सदस्यहरु कानन चौधरी, जय ढकाल, गोमा राउत र सुनिता विक निर्वाचित भएका थिए । निर्वाचित जनप्रतिनिधिहरुले आफुहरु स्थानिय विकास र जनताको सेवामा निस्वार्थ भावका साथ लागि पर्ने समेत उद्घोष गरेका छन् ।