Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रिनपा १२ मा वटुकले स्वस्ती शान्ति, चटियाले कुरान पढाउदै वडाअध्यक्ष पदबहाली

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १९ २०७९
त्रिनपा १२ मा वटुकले स्वस्ती शान्ति, चटियाले कुरान पढाउदै वडाअध्यक्ष पदबहाली

उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष चुडाराज काफ्ले वडाअध्यक्षको जिम्मेबारी पाए संगै बिहिबार वडा कार्यालय प्रवेश गरेका छन् । अन्य वडामा विभिन्न किसिमले वडा अध्यक्षहरुले पदबहाली गर्दा त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भने फरक दृश्य देखिएको थियो ।
वडा नम्बर १२ मा हिन्दु र मुस्लीम समुदायको परम्परा अनुसार हिन्दु वटुकहरुले स्वस्ती शान्ति र मुस्लीम समुदयाका चटियाहरुले कुरान पढे संगै वडा अध्यक्ष चुडाराज काफ्ले पदबाहाली गर्नु भएको छ । बुधबार गाईघाटमा नगर प्रमुख बसन्तकुमार बस्नेतबाट सपथग्रहण लिए संगै वडाअध्यक्ष काफ्ले बिहिबार पदबहाली गर्नु भएको हो ।


पदभार सम्हाल्दै वडाध्यक्ष काफ्लेले अफ्ना वडावासीहरुमा दिर्घ रोगी, मुटु रोगी र मिर्गौला पीडितहरुलाई बार्षिक २५ सय देखि ५ हजार अनुदान दिने निर्णय गरेका छन । नगरले समेत अख्तियार गरेको सामाजिक सुरक्षा भत्ता लिदै आएका बृद्धबृद्धा, अशक्त अपाङ्गहरुको सम्पुर्ण भत्ता घरघरमा पुर्याउने निर्णयलाई वडाले पनि अघि सारेको छ ।
वडा नम्बर १२ मा वडा अध्यक्ष काफ्ले संगै वडा सदस्यहरुमा लक्ष्मीनारायण चौधरी, दिलशेर अलिमिया, महिला सदस्यमा अनिता थापा र दलित महिला सदस्यमा रामकली विक निर्वाचित भएका छन् ।

Last updated:2022 Jun 02 Thursday 13:32:28

प्रतिक्रिया
सम्बन्धित समाचार