Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

वडा नम्बर ५ मा निःशुल्क एम्बुलेन्स सेवा दिने वडाअध्यक्षको प्रतिबद्धता

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १९ २०७९
वडा नम्बर ५ मा निःशुल्क एम्बुलेन्स सेवा दिने वडाअध्यक्षको प्रतिबद्धता

उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उद्धब थापाले बिहिबार पदभार ग्रहण गर्दै वडाबासी गर्भवती महिलालाई प्रसुती सेवाको लागि प्रयोग गरिने एम्बुलेन्स निःशुल्क प्रदान गरिने भएको छ । एम्बुलेन्स सेवा प्रयोग गरे वापतको शतप्रतिशत रकम वडा कार्यालयबाट ब्यहोर्ने वडाले निर्णय गरेको छ ।
त्यसैगरी वडाबासीले एम्बुलेन्स प्रयोग गरे वापतको ५० प्रतिशत रकम फिर्ता साथै मानसिक रोगीहरुले चिकित्सकको सिफारिसमा प्रयोग गर्ने औषधिहरु बिरामीलाई वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय गरिएको वडा सचिव रोशन माझीले जानकारी दिनु भयो ।
वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट बिजयी भएका थापा संगै सदस्यहरुमा कुबेरग्रान्जा मगर, तनुकलाल चौधरी, भलमाया मगर र इन्दिरा दर्जी निर्वाचित हुनु भएको थियो । निर्वाचित जनप्रतिनिधिहरुले बुधबार गाईघाटमा नगर प्रमुख बसन्तकुमार बस्नेतबाट सपथग्रहण लिएर बिहिबार वडामा पदभार ग्रहण गर्नु भएको हो ।

Last updated:2022 Jun 02 Thursday 10:59:07

प्रतिक्रिया
सम्बन्धित समाचार