Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नगर प्रमुखको पहिलो निर्णय घरदैलोमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमाका लागि अनुदान दिने सम्म

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ १८ २०७९
नगर प्रमुखको पहिलो निर्णय घरदैलोमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमाका लागि अनुदान दिने सम्म

उपाहार न्यूज
उदयपुर जेठ १६
त्रियुगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित बसन्तकुमार बस्नेतले बुधबार पद तथा गोपनियताको सपथ संगै नगरपालिका प्रमुखको रुपमा पदबाहाली गर्नु भएको छ । पदबहाली गर्दै नगर प्रमुख बस्नेतले जनप्रिय दुई निर्णय गर्दै नगरप्रमुखको जिम्मेबारी सुरु गर्नु भएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वृद्धा भत्ता, एकल महिला, पूर्ण अपाङगता, अतिअशक्त र लोपोन्मुख आदिवासी तथा बालबालिका पोषण (दलित समुदाय)को लागि दिईदै आएको भत्ता घरदैलोमा पुगेर वितरण गर्ने निर्णय गर्नु भएको छ ।


सामाजिक सुरक्षा भत्ता अन्तर्गत वडा नम्बर १ मा कृषि विकास बैंक, १४, १५ र १६ मा माछापुच्छ«े बैंक, वडा नम्बर २, ३ र १३ मा लक्ष्मी बैंक वडा नम्बर १० मा एनसिसि बैंक, वडा नम्बर ८ र ९ मा सिभिल बैक, वडा नम्बर ५, ६ र ७ नम्बर वडामा सनराइज बैंक, वडा नम्बर ४ मा एनआईसी बैंक र वडा नम्बर ११ र १२ मा ग्लोबल बैंक मार्फत वितरण गरिदै आएको भत्तालाई बैंकहरु संगको समन्वयमा घरदैलोमा पुगेर वितरण गर्ने निर्णय गरिएको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनु भयो ।


नगर प्रमुख बस्नेतले पदबहाली गर्दै सरकारले संचालन गरेको स्वास्थ्य विमा कार्यक्रमबाटब बञ्चित अति विपन्न तथा सिमान्तकृत परिवारको स्वास्थ्य विमाका लागि आवश्यक रकमको ५० प्रतिशत रकम नगरपालिकाबाट उपलब्ध गराउनका लागि कार्यविधि बनाई सहयोग गर्ने समेत निर्णय गरिएको छ ।
जिल्ला न्यायधिश उत्तम शिलवाल मार्फत सपथ ग्रहण गर्दै नगर प्रमुख बस्नेतले आफु त्रियुगा नगरपालिकाको विकासमा प्रतिबद्ध भएर कसैलाई पनि काखा पाखा नगरी आफ्नो कार्यकालमा काम गर्ने बताउनु भएको छ ।
उहाँले त्रियुगा नगरपालिकाको नागरिकहरुले आफुप्रति गरेको विश्वासलाई गुम्न नदिनको लागि सोहि किसिमका विकासका योजनाहरुलाई अघि सार्ने समेत बताउनु भएको छ ।

Last updated:2022 Jun 01 Wednesday 15:25:43

प्रतिक्रिया
सम्बन्धित समाचार