Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रौतामाईका अध्यक्षको पारिश्रामिक परोपकारी क्षेत्रमा लगानी

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १३ २०७९
रौतामाईका अध्यक्षको पारिश्रामिक परोपकारी क्षेत्रमा लगानी

उपाहार न्यूज
उदयपुर जेठ १३
उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष बीरेन्द्र आलेमगरले आफुले पाउने मासिक पारिश्रामिक बापतको रकम नलिने घोषणा गर्नु भएको छ । रौतामाई गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष मगरले पदभार ग्रहण गर्दै आफुले पारिश्रामिक बापत पाउने मासिक ३० हजार बराबरको रकम परोपकारी क्षेत्रमा लगानी गर्ने बताउनु भएको हो ।
माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट बिजयी हुनु भएका अध्यक्ष मगरले आफुले पाउने पारिश्रामिक रकमलाई जोड कोषको रुपमा विकास गरेर विपन्न नागरिकहरुको आवश्यक्तालाई पहिचान गरेर सहयोग पु¥याउने बताउनु भयो ।
मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो झिनो मतले पराजित हुनु भएका मगर यस पटक भने एमालेका उम्मेदवार भरत थापालाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्र थापा निर्वाचित हुनु भएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले उपाहार संगको कुराकानीमा आफु सम्पूर्ण क्षेत्र संग सहकार्य र सल्लाहक गरेर अघि बढ्ने बताउनु भयो । उहाँले प्रतिपक्ष दल संग समेत सल्लाह र छलफल गरेर निति, बजेट तथा कार्यक्रमहरु ल्याउने बताउनु भयो ।

Last updated:2022 May 27 Friday 15:23:15

प्रतिक्रिया
सम्बन्धित समाचार