उपाहार न्यूज
उदयपुर बैशाख २६
असल सासन र जवफदेहि स्थानिय सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई स्थानिय तहको निर्वाचनमा मतदान गर्नका लागि नेपाली कांग्रेसका महामनत्री गगन थापाले आव्हान गरेका गर्नु भएको छ । कांग्रेसले आफ्नो घोषणपत्रमा असल सासन देखि जवाफदेहि सरकार सम्मको ११ वटा सुत्र निर्माण गरेको र त्यहि सुत्रको आधारमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ५ बर्षे कार्यकाल सम्पन्न गर्ने भएकाले कांग्रेसलाई मतदान गर्न उहाँले आव्हान गर्नु भयो । नेपाली कांग्रेस त्रियुगा नगरपालिका स्तरीय चुनाव परिचालन समितिले आयोजना गरेको आम सभालाई संबोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले त्रियुगा नगरपालिका क्षेत्रमा निर्माण गर्ने अठोट राखेको मेडिकल कलेज देखि डाइलासिस सेन्टर स्थापनाको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
महामन्त्री थापाले कांग्रेसको घोषणा पत्र निर्माण आफैले गरेकाले कांग्रेसले निर्माण गरेको घोषणा पत्र अनुसारको मेयरको पात्र बसन्त बस्नेत जस्ता व्यक्ति भएको बताउनु भयो । उहाँले मेयरको उम्मेदवार बन्दै गर्दा बसन्त बस्नेतले घोषणा गरेको प्रतिबद्धता पुरा गर्नका लागि आफ्नो सहयोग रहने समेत बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार बसन्तकुमार बस्नेतले त्रियुगा नगरमा २०७४ मा पराजित हुदा कांग्रेस र आफु मात्रै पराजित नभएर सिंगो त्रियुगा नगरको विकास हारेको बताउनु भयो । उहाँले ५ बर्ष त्रियुगा नगर अन्धकार र भ्रष्टचारमा चुर्लुम डुबेकाले अब विकास र समृद्धिको लागि कांग्रेसलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाँले त्रियुगा नगरको परिवर्तन र विकासको लागि आफुलाई मतदान गर्नका लागि समेत आग्रह गर्नु भयो । उपप्रमुख पदका उम्मेदवार सरिता राईले शासक नभएर सेवकको रुपमा काम गर्नका लागि आफुहरुलाई मतदानको लागि आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, प्रदेश नम्बर १ का सह महामन्त्री विनोद बस्नेत, जिल्ला सभापती तथा प्रदेश नम्बर १ का सडक तथा यातायात पूर्वाधार विकास मन्त्री हिमाल कार्की, पूर्व पार्टी सभापती विदुर बस्नेत, प्रतिनिधि सभा सदस्य प्रमिला राई, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, प्रदेश सभा सदस्य संजा दनुवार, त्रियुगा नगरपालिकाका उपप्रमुख देवी चौधरीले कांग्रेस उम्मेदवारलाई त्रियुगा नगरमा बिजयी बाउनको लागि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस त्रियुगा नगर समितिका सभापती प्रकासकुमार खड्का ले स्वागत मनतव्य राख्नु भएको थियो । कार्यक्रम प्रदेश सभा १ (ख) का सभापती सरोजकुमार बस्नेतको अध्यक्षता तथा जिल्ला सचिव मुरारी खड्काले संचालन गर्नु भएको थियो ।