उपाहार न्यूज
उदयपुर बैशाख १२
उदयपुरको वेलका नगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेपाली कांग्रेसका असोक कार्की र उप प्रमुखमा मनोज तामाङले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसले नगर प्रमुख पदमा कार्कीलाई उम्मेदवार बनाएको हो । उप प्रमुखमा तामाङलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।
कार्की २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमालेका दुर्गा थापा संग झिनो मतले पराजित भएका थिए । अध्यक्ष तामाङ वेलका वडा नम्बर ४ मा झिनो मतले पराजित भएका थिए । गठबन्धन हुदाँ नेपाली कांग्रेस र माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा प्राप्त गरेको मतको आधारमा चार हजार मतान्तरले विजयी हुने गठबन्धन उम्मेदवार र पार्टीले विश्वास लिएको छ ।