Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गठबन्धनबाट लिम्चुङबुङमा मेजर राई उम्मेदवार, चार गाउँपालिकामा तीन माओवादी एक नेकपा एस

  • उपहार न्यूज
  • आइतबार, बैशाख ११ २०७९
गठबन्धनबाट लिम्चुङबुङमा मेजर राई उम्मेदवार, चार गाउँपालिकामा तीन माओवादी एक नेकपा एस

उपाहार न्यूज
उदयपुर बैशाख ११
उदयपुरमा स्थानिय तह निर्वाचनको लागि लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलहरुले मेजरकुमार राईलाई साझा उम्मेदवारको रुपमा अघि सार्ने भएको छ । लिम्चुङबुङमा नेपाली कांग्रेस र माओवादी केन्द्र विच गठबन्धनमा मेजरकुमार राईलाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय भएको हो ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट जिल्लाका आठ पालिका मध्य राई एक मात्र जित हासिल गर्न सफल उम्मेदवार हुन् । गठबन्धनबाट माओवादी केन्द्रले उदयपुरका तीन पालिकामा प्रमुख पाएको छ । जिल्लाको रौतामाई गाउँपालिकामा विरेन्द्र आलेमगर, ताप्ली गाउँपालिकामा ढुंगराज विक अध्यक्षको उम्मेदवार हुने भएका छन् । उता उदयपुरगढि गाउँपालिकामा भने नेकपा एसबाट मान बहादुर केप्छाकी मगरलाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय गरेको छ ।
चार गाउँपालिकामा तीनमा माओवादी र एक मा नेकपा एसलाई उम्मेदवार बनाउदै गर्दा चार गाउँपालिकाको उप प्रमुखमा भने नेपाली कांग्रेसले पाउने भएको छ । नेपाली कांग्रेसबाट लिम्चुङबुङ गाउँपालिकामा रमिला राई र पुष्पलाल राई मध्य एक, रौतामाई गाउँपालिकामा भुपेन्द्र थापा, उदयपुरगढि गाउँपालिकामा जित बहादुर खड्का, विमा राई र सिएम गुरागाई मध्य एक र ताप्ली गाउँपालिकाको उप प्रमुखको लागि भने धनम मगर, दिपकुमार रास्कोटी लगायतको आकाक्षी रहेको छ । चार गाउँपालिकाको उप प्रमुख सोमबार विहान सम्म तय गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

Last updated:2022 Apr 24 Sunday 14:32:03

प्रतिक्रिया
सम्बन्धित समाचार