ठविन्द्र मगर
ताप्ली बैशाख ६
ताप्ली गाउपालिका वडा न ५ रुपाटार अन्तर्गत केराबारी रामपुरका २५ घरधुरिलाइ सहास नेपालको सहास फाउण्डेसन परियोजना अन्तर्गत स्वच्छ पिउने पानी प्रयोगको लागि “कोलाइड सिल्भर क्याण्डल फिल्टर बितरण गरिएको छ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)काठमाण्डौको प्राबिधिक सहयोग तथा इको कन्सर्न प्रा.लि. ले उत्पादन गरेको फुड्ग्रेड प्लाष्टिक फिल्टर बितरण गरिएको फिल्ड मोभिलाइजर सबिता खड्काले बताइन । प्रदुषण रहित खानेपानीको उपयोग र दिर्घकालिन स्वास्थ्यको लागि प्रत्यक घरमा पुर्याउने उद्धेश्यले यो परियोजना सन्चालनमा ल्याइएको खड्काले बताइन ।
यस चरणमा ताप्लिको ओख्ले,रुपाटार र ठानागाउमा ३५० थान फिल्टर बितरण गरिसकिएको छ । बाकी वडाहरुको घरधुरिहरुमा पनि क्रमश बितरण गर्दै जाने संस्थाले जनाएको छ ।