उपाहार न्यूज
उदयपुर बैशाख ६
आसन्न स्थानिय तहको निर्वाचनका लागि माओवादी केन्द्रले लिम्चुङबुङ गाउँपालिका अध्यक्षको लागि मेजर कुमार राईको नामको सर्वसहमत सिफारिस गरेको छ । पालिकामा अध्यक्षको उम्मेवार टुंगो लगाउनका लागि विभिन्न राजनैतिक दलहरु भित्र यतिवेला तयारी भैरहदा लिम्चुङबुङ गाउँपालिकाले अध्यक्षको लागि राईको नाम सिफारिस गरेको हो ।
राई संगै अध्यक्ष पदको लागि होम बहादुर राईको समेत नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । अध्यक्षमा नाम सिफारिस गरिएको मेजर राई २०७४ को स्थानिय निर्वाचनमा उदयपुरका आठ स्थानिय तहका अधिंकास स्थानमा माओवादीले हार वेहोर्दै गर्दा एक मात्र जित निकाल्न सफल उम्मेदवार दिए । उनी माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष समेत हुन् । अध्यक्षको लागि सिफारिस भएका होम किराती पार्टीको गाउँपालिका सचिवालय सदस्य समेत हुन् ।
अध्यक्षमा निर्वाचित भएका मेजर राईले आफ्नो कार्यकालमा पालिकाको सबै स्थानमा सडक विस्तार संगै कृषि र पर्यटनको माध्यमबाट स्थानियको समृद्धिको योजना अघि सारेका थिए । अब फेरी पार्टीले टिकट दिएर निर्वाचित भएको अबस्थामा आफुले पहिलो कार्यकालमा अघि सारेका योजनाहरुलाई मुर्त रुप दिने बताए । राईले पूर्वको प्रमुख धार्मिक पर्यटकीय स्थल खोटाङको हलेसी संग पूर्वी नेपाललाई जोड्ने भौतिक पूर्वाधार विकासको अभियानमा समेत लागि परेका छन् ।
यसैगरी माओवादी केन्द्रले उपाध्यक्षमा सुना राई, रुपा राई र डोमा राई गरी तीन जनाको नाम सिफारिस भएको छ ।
पाँच वडा रहेको लिम्चुङबुङमा १ नं. वडाध्यक्षमा भिमबहादुर राई, नन्द राई जनदिप थापा मगरको नाम सिफारिस भएको छ भने २ नं. वडाध्यक्षमा भविन्द्र राई, जितेन राई र दोदराज मगरको नाम सिफारिसमा परेको छ । त्यसैगरी ३ नं. वडाध्यक्षमा गन्जु शोर्पा र हर्कबहादुर राईको नाम सिफारिस छ । ४ नं. मा अर्जुन राई, गणेश रार्य र चिनबहादु राईको नाम सिफारिस भएको छ भने ५ नं. वडामा बिरबहादुर खड्का, दिनेश राई र दिपक राईको नाम सिफारिस भएको छ । प्रदेशमा उदयपुरको लिम्चुङबुङ बाहेक ताप्लेजुङ, पाँचथर, मोरङ, झापा लगायतका जिल्लाबाट सात÷आठ पालिकाको सिफारिस प्रदेशमा आइपुगेको जनाइएको छ । पालिकाहरुको सिफारिस आगामी ८ गतेसम्ममा प्रदेशमा आइसक्नु पर्नेछ । कतिपय जिल्लाले आप्mना जिल्ला अन्गर्ततका सबै पालिकाको सिफारिस एकिकृत गरी प्रदेश लैजाने तयारी रहेको बुझिएकोछ ।