Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेसको बोक्समा समावेशी–सिर्जना टोल समिति गठन

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन २८ २०७८
कांग्रेसको बोक्समा समावेशी–सिर्जना टोल समिति गठन

उपाहार न्यूज
उदयपुर फागुन २८
नेपाली कांग्रेसको जरा संगठनको रुपमा लिईने टोल समिति विस्तार जिल्लाभर संचालन भैरहदा त्रियुगा नगरपालिका वडा नम्बर १० ले पनि टोल समिति गठन तथा विस्तार अभियानलाई तिब्रता दिएको छ । टोल समिति गठन गर्ने क्रममा शनिवार त्रियुगा नगरपालिका वडा नम्बर १० को समावेशी टोल विकास समिति र सिर्जना टोल विकास समितिको संयुक्त टोल समिति गठन गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारको उपस्तिथीमा टोल समिति गठन गरिएको हो । नेपाली कांग्रेस केन्द्रिय समितिले एक महिने जागरण अभियानको लागि उदयपुरमा प्रतिनिधिको रुपमा आएका सुनुवारले नेपाली कांग्रेसको टोल समितिलाई बधाई तथा शुभकामना दिएका थिए । नवगठित टोल समितिको सभापतीमा चुडामणी परियार, उप सभापतीमा नन्दकुमारी पुरी, अर्चना दाहाल –भिमकुमारी खत्री) सचिवमा बाबुराम कार्की, याम लामा सह सचिवमा मनोज खड्का, देवका थापा कोषाध्यक्षमा शिला राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा तुलसा बस्नेत, डिग बहादुर श्रेष्ठ, सोभालक्ष्मी अधिकारी, माया अधिकारी, हिरा पौडेल, छवि मगर, जिना श्रेष्ठ, गणेश विक, गम्भीर राई, मेरिना राई, शान्ता खड्का, सिता बस्नेत, चन्द्रकला दाहाल, लक्ष्मी कार्की, संगीता खड्का, संगीता अधिकारी, चन्चला श्रेष्ठ, सम्झना तामाङ र कृति बहादुर कार्की चयन भएका छन् ।

त्यसैगरी सल्लाहकार समितिमा बम बहादुर बस्नेत, रित बहादुर मगर, पदम कुमार श्रेष्ठ, गंगालक्ष्मी श्रेष्ठ, सोम प्रसाद आचार्य, प्रेम बहादुर थापामगर, दिर्घलक्ष्मी श्रेष्ठ र राधेश्याम अधिकारी चयन भएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप सुनुवार, पूर्व पार्टी सचिव मनोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकासकुमार खड्का, महाधिवेशन प्रतिनिधि तारा राईले शुभकामना मनतव्य राखेका थिए । वडा सभापती जुक्तमान राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश प्रतिनिधि विश्वराज तामाङले स्वागत तथा वडा सचिव जीवन पाण्डेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका उप सभापती भिमचन्द्र राई, जिल्ला सदस्य नरेन्द्र थापा, प्रदेश १ (ख) सभापती सरोज बस्नेत, सचिव फिरन खड्का लगायतको उपस्तिथी रहेका थियो ।

Last updated:2022 Mar 12 Saturday 15:11:04

प्रतिक्रिया
सम्बन्धित समाचार