उपाहार न्यूज
उदयपुर फागुन १७
नेपाल निर्माण व्यवसायी संघ उदयपुरले शान्ति धाम गाईघाटलाई दुई कोठे पुस्तकालय भवन हस्तणतरन गरेको छ । मंगलबार एक कार्यक्रमका विच निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष धिरेन्द्र कुमार दाहालले उद्घाटन गर्नु भएको भवन निर्माण व्यवसायी संघ उदयपुरका अध्यक्ष कौशल आचार्यले शान्ति धामका सचिव भुवन पराजुलीलाई हस्ताणतरन गर्नु भएको हो ।
करिब ८ लाख लागतमा निर्माण भएको दुई कोठे भवन उद्घाटन तथा हस्ताणतरन कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रिय सदस्य सुमन्त कोइराला तथा निर्माण व्यवसायी संघ उदयपुरमा आबद्ध प्रतिनिधिहरुको सहभागीता रहेको थियो । निर्माण व्यवसायी नाफामुलक काममा मात्रै नभएर सामाजिक कार्यमा समेत अग्रसर रहदै आएको सन्देश दिनको लागि शान्ति धामलाई भवन हस्तणतरन गरेको निर्माण व्यवसायी संघ उदयपुरका अध्यक्ष कौशल आचार्यले जानकारी दिनु भयो ।