उपाहार न्यूज
उदयपुर माघ २९
उदयपुरको वेलका नगरपालिका ४ मा निर्माणधिन ठोक्सीला कटारी खानेपानी तथा सरसफाई आयोजना निर्माणले पूर्णता पाए छ । खानेपानी आयोजना सम्पन्न भएर स्थानियको घर घरमा खानेपानी विस्तार भए पछि लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका स्थायिन नागरिकहरु खुसी भएका छन् ।
शान्ति समाज केन्द्र पेशोक नेपालको प्राविधिक सहयोग तथा सहजीकरणमा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनवोर्ड) को आर्थिक सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको हो । वेलका नगरपालिका वडा नम्बर ४ को जनजागृती, महाभारत, गौरीशंकर, देवीस्थान, डाडा टोल, कटारी, खोर्साने झोरा, गुरुङचौरी सहितका बस्तीमा विगतमा पनि खानेपानी विस्तार गरिए पनि सहज आपुर्ति भने हुन सकेको थिएन । विगतमा युनिसेफ नेपालको सहयोगमा खानेपानी विस्तार गरिएको भए पनि लामो २० औ बर्ष देखि स्थानियले खानेपानीको समस्या झेल्दै आएका थिए ।

फनवोर्डको सहयोगमा पेशोक नेपालले २०७४ साल देखि खानेपानी आयोजनाको क्षेत्रमा काम सुरु गरेको थियो । खानेपानी आयोजनाको लागि निर्माण पूर्व फनवोर्डको आर्थिक सहयोग तथा स्थानिय जनश्रमदान सहित ६७ लाख ७१ हजार एक सय ८० रुपैया र निर्माण पश्चात तीन लाख २५ हजार तीन सय २१ रुपैया लागत लागेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार आचार्यले जानकारी दिनु भयो ।

वेलका नगरपालिका वडा नम्बर ६ को हर्देनीवारीको मुहानबाट पानी विस्तार गरिएको अध्यक्ष आचार्यले बताउनु भयो । खानेपानी संचित गर्नका लागि २० हजार लिटरको दुई ट्यांकी निर्माण गरिएको छ, खानेपानी आयोजना संचालन भएर घर घरमा खानेपानी विस्तार भए पछि गाउँ घरमा सरसफाईमा समेत टेवा पुगेको स्थानिय उपभोक्ता रमेश आचार्यले बताउनु भयो ।

खानेपानी आयोजना निर्माण भए पछि सो क्षेत्रका दुई सय ७४ घर र दुई सार्वजनिक धारा जडान गरिएको छ खानेपानी आयोजनबाट १४ सय बढि प्रत्यक्ष लाभान्वीत भएको पेशोक उदयपुरका अध्यक्ष सृजना दनुवारले बताउनु भयो । फनवोर्डको साझेदारीमा पेशाक नेपालले रौतामाई गाउँपालिकको वडा नम्बर २ मा पनि खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष दनुवारले जानकारी दिनु भयो । खानेपानी आयोजनाको निर्माण सम्पन्न पश्चात पेशोकले शनिवार वेलका नगरपालिका उदयपुरका प्रमुख दुर्गाकुमार थापालाई आयोजना हस्ताणतरन गर्नु भएको छ । खानेपानी आयोजनालाई अव व्यवस्थापन र पुननिर्माणमा नगरपालिकाले प्राथमिक्तामा राखेर अघि बढ्ने नगर प्रमुख थापाले बताउनु भयो ।