उपाहार न्यूज
उदयपुर माघ २२
चौदण्डिगढि नगरपालिका उदयपुरको सुविधा सम्पन्न भवन एक समारोहका विच उद्घाटन गरिएको छ । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नवनिर्मित भवनको एक समारोहका विच रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
पुरानै भौतिक संरचनाकामा सिमित कोठाहरुमा रहेर नियमित कार्य संचालन गरिरहेको नगरपालिका अब भने सुविधा सम्पन्न भवनबाट दैनिक सेवा दिने भएको छ । भवन उद्घाटन समारोहमा प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, प्रदेश सभा सदस्य संजा दनुवार, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उप प्रमुख गंगा राई, त्रियुगा नगरपालिकाका उप प्रमुख देवीकुमारी चौधरी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो ।

करिब ६ करोड लागतमा लिफ्ट सुविधा सहित निर्माण भएको भवन निर्माणको जिम्मा रामसागर विल्डर्स काठमाण्डौले लिएको थियो । लिफ्ट सहितको सरकारी संरचना उदयपुरमै पहिलो भएको चौदण्डिगढि नगरपालिकाले जनाएको छ । तीन तल्लाको भवनमा सेवाग्राहिहरुलाई सहजकताको लागि साथै अपाङगता मैत्री बनाउनका लागि पनि लिफ्ट सहितको भवन उद्घाटन गरिएको नगरपालिकाले जानकारी दिएको छ । भवन उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. नारायण खड्काले नव निर्मित भवनमा सबै जनताहरुको स्वामित्व र अपनत्व बोध हुनु पर्ने बताउनु भयो उहाँले जनतालाई सहज तरिकाबाट सेवा दिनका लागि सुविधा सम्पन्न भवन निर्माण भएकोले भवन जस्तै सेवा पनि विस्तार हुनेमा आफु ढक्क रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का भौतिका पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले चौदण्डिगढि नगरपालिकामा १५ सैयाको अस्पतालको शिलन्यास हुदै गर्दा विगतमा चौदण्डिगढि नगरपालिकाको नेतृत्वमा कोभिड अस्पतालको व्यवस्थापन र परिचालन प्रशंसा योग्य भएको बताउनु भयो । उहाँले कोभिड १९ लागेका विरामीलाई उद्धार गर्ने स्थान नभईरहेको समयमा चौदण्डिगढि नगरपालिकाले नेतृत्व गरेर जुन हिसाबले कोभिड १९ अस्पतालको सुरुवात गरियो त्यो आफैमा प्रसंसा योग्य कदम रहेको बताउुन भयो ।
कार्यक्रममा नव निर्मित भवनबाट जनताले सहजतरिकबाट सेवा पाउने आशा राख्दै प्रदेश सभा सदस्य संजा दनुवार, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, उप प्रमुख गंगा राई, त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरी, नेपाली कांग्रेसका नेता भोजराज खतिवडा, चौदण्ढिगढि नगर सभापती राजेन्द्र पौडेल, बेलका नगर सभापती असोक कार्की, जनता समाजवादीका प्रतिनिधि भुपेन्द्र राई लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख रिता चौधरीले स्वागत तथा नगर प्रमुख खगेन्द्र राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।