उपाहार न्यूज
उदयपुर, माघ ४
उदयपुरको बेलाकाबाट नेपाली कांग्रेस र नेकपा माओबादीका तीन दर्जन बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार बेलका नगरपालिका ६ नम्बर वडा कमिटिले लामिडाँडामा आयोजना गरको कार्यक्रममा तीन दर्जन कार्यकर्ताहरु कांग्रेस र माओबादी छाडेर एमालमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई एमाले उदयपुर अध्यक्ष परमेश्वर घिमिरे, प्रदेश कमिटि सदस्य तथा बेलकाका मेयर दुर्गाकुमार थापालगायतले खादा अवीरसहित स्वागत गरेका थिए ।
त्यस्तै उदयपुर एमाले उपसचिव भरत थापा, नगर उपसचिव हिराजंग राई जिल्ला कमिटि सदस्य तथा पार्टीको बेलका नगर अध्यक्ष गणेश बस्नेतलगायतको उपस्थिती रहेको थियो । त्यस्तै उक्त कर्यक्रमका बिच बेलकाबाट नवनिर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापनसमेत गरिएको थियो । नेकपाएमाले देशव्यापी रुपमा तीन महिने पार्टी संगठन विस्तार तथा पार्टी प्रवेश अभियान घोषणा गरेको छ । सोही अनुसार जिल्लामा समेत पार्टी तीब्रताका साथ संगठन बिस्तार अभियानमा जुटेको नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेको भनाई छ ।