Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

फ्युजनले उचाल्यो जिल्ला लिगको उपाधि

  • उपहार न्यूज
  • शनिबार, पुष २४ २०७८
फ्युजनले उचाल्यो जिल्ला लिगको उपाधि

उपाहार न्यूज
उदयपुर पौष २४
साविक विजेता फ्युजन फुटवल क्लब त्रियुगा नगरपालिका १० बोक्सेले जिल्ला लिगको उपाधि चुमेको छ । थारुहट रंगशालामा शनिवार भएको फाईनल चरणको सातौँ खेलमा बेल्टार युनाईटेड युथ क्बललाई ४–१ ले हराउँदै फ्युजन लिगको च्याम्पियन बनेको हो । फ्युजनले ७ खेलमा ६ खेल जितेर १८ अंग जोड्दै लिगको शिर्ष स्थानमा पुगी च्याम्पियन बनेको हो । क्लवले खेल अबधिभर एक खेल मात्रै गुमाए बाँकी सबै खेलमा जित हासिल गरेको थियो ।
लिगको बिजेता बने सँगै फ्युजनले ५० हजार नगद राशी प्राप्त गरेको छ नभ प्रभात नेपाल लिगको उप विजेता बन्न सफल भएको छ । नव प्रभातले ७ खेलमा ५ खेलमा जित हात पार्दै १६ अंक जोड्दै लिगको उपबिजेत बन्न सफल भएको हो ।
नव प्रभातले ७ खेलमा ५ मा जित र एकमा हार र एकमा बराबरी खेल्दै अंक बाडेको थियो । लिगमा दोस्रो स्थान पाए सँगै नव प्रभातले ३० हजार पुरस्कार राशि प्राप्त गरेको छ । त्यसैगरी लालिगुँरास नव युवा क्लव लिगको तेस्रो बनेको छ । प्रतियोगीताभर उत्कृष्ट गोल रक्षक फ्युजन फुटवल क्लवका गोबिन्द कार्की, उत्कृष्ट डिफेन्टर फ्युजनकै गोपाल लिम्वु, उत्कष्ट मिड फिल्डर लालिगुँरास नव युवा क्लवका अरुण राई, हाई स्कोर नव प्रभात युवा क्लवका आशिस थारु र उत्कृष्ट कोच फ्युजन क्लवका सुदिप श्रेष्ठलाई जनही २ हजारको दरले पुरस्कृत गरिएको जिल्ला फुटवल संघ उदयपुरले जनाएको छ ।

Last updated:2022 Jan 08 Saturday 15:09:53

प्रतिक्रिया
सम्बन्धित समाचार