Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ५३ किलो गाँजा सहित एक युवक पक्राउ

  • उपहार न्यूज
  • सोमबार, कार्तिक ८ २०७८
उदयपुरमा ५३ किलो गाँजा सहित एक युवक पक्राउ

उपाहार न्यूज
उदयपुर कात्तिक ८
उदयपुरको कटारी नगरपालिका–६ भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । सोमबार बिहान साढे ३ बजे जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारलाई थप अनुसन्धान गरेर आवश्यक कारवाही अगाडी बढाईने प्रहरीले जनाएको छ ।

Last updated:2021 Oct 25 Monday 12:14:18

प्रतिक्रिया
सम्बन्धित समाचार