Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा कांंग्रेसद्धारा मन्त्री खड्कालाई सम्मान

  • उपहार न्यूज
  • सोमबार, कार्तिक ८ २०७८
त्रियुगा कांंग्रेसद्धारा मन्त्री खड्कालाई सम्मान

उपाहार न्यूज
उदयपुर कात्तिक ८
नेपाली कांग्रेसका नेता उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का संसद तथा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई नेपाली कांग्रेस त्रियुगा नगर समितिले सम्मान गरेको छ । सोमबार गाईघाटमा नेपाली कांग्रेस त्रियुगा नगर समितिद्धारा आयोजित विजयादशमी, दिपावली तथा छट पर्वको अबसरमा शुभकामना आदनप्रदान तथा चियापान समारोहको आयोजना गरी मन्त्री खड्कालाई सम्मान गरिएको हो ।
डा. खड्कालाई कांग्रेस त्रियुगा नगर समितिले सम्मान पत्र सहित गाईघाट स्थि होटल टाउन हलमा एक कार्यक्रमको आयोजना गरी बधाई सहित सम्मान गरेको हो । मन्त्री खड्कालाई बधाई दिन ठूलो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, प्रतिनिधि सभा सदस्य प्रमिला राई, नेपाली कांग्रेसका पूर्व पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, चौदण्डिगढि नगरपालिका नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिता चौधरी, त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरी, नेपाली कांग्रेस क्ष्ोत्र नं. १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, सह सभापती बसन्तकुमार बस्नेत लगायतले कार्यक्रममा शुभकामना मनतव्य राख्नु भएको थियो ।


कार्यक्रममा संविधान सभा सदस्य शान्तिदेवी चौधरी, कांग्रेस वेलका नगरपालिका सभापती असोक कार्की, चौदण्डिगढि नगर सभापती राजेन्द्र पौडेल, त्रियुगा नगरका पूर्व सभापती सरोजकुमार बस्नेत, महिला संघ अध्यक्ष लिला राई, नेविसंघ अध्यक्ष सन्तोष कोइराला, त्रियुगा नगरपालिका वडा नं. १५ का वडाअध्यक्ष निर बहादुर मगर, कांग्रेस त्रियुगा नगरपालिका ७ का सभापती उद्धब काफ्ले लगायतले कार्यक्रममा शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगर सभापती प्रकास कुमार खड्काले पार्टी मजबुत बनाउनका लागि सबै पक्ष एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित स्वभाविक भएकाले पार्टीको हितमा जो कसैले पनि लाग्नु पर्ने र आफुले सोहि हिसाबले अघि बढ्ने बताउनु भयो । कार्यक्रम नगर सचिव केशव पौडेलले संचालन गरेका थिए कार्यक्रममा नगर उप सभापती उमेश बुढाथोकीले स्वागत मनतव्य राख्नु भएको थियो ।

 

Last updated:2021 Oct 25 Monday 12:12:28

प्रतिक्रिया
सम्बन्धित समाचार