Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पराराष्ट्र मन्त्री नारायण खड्कालाई उदयपुरमा भव्य स्वागत, वेलकामा बर्षाबाट भएको क्षतीको निरिक्षण

  • उपहार न्यूज
  • आइतबार, कार्तिक ७ २०७८
पराराष्ट्र मन्त्री नारायण खड्कालाई उदयपुरमा भव्य स्वागत, वेलकामा बर्षाबाट भएको क्षतीको निरिक्षण

उपाहार न्यूज
उदयपुर कात्तिक ७
नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आईपुगेका छन् शेर बहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेबारी पाएका खड्का उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद समेत हुन् ।


दोस्रो पटक मन्त्री भएका डा. खड्कालाई गृह जिल्ला प्रवेश संगै जिल्लाबासी नागरिकहरुले भव्य स्वागत गरेका छन् । शनिवार गृह जिल्ला उदयपुर टेकेका खड्कालाई उदयपुरको वेलका नगरपालिका स्थित कोशी पुलबाट स्थानिय नागरिक तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् । २०६४ सालमा पहिलो पटक संविधान सभा सदस्यमा निर्वाचित भएका खड्का, २०७० सालमा दोस्रो संविधान सभा सदस्यमा उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । यस अघि शहरी विकास मन्त्री भैसकेका खड्का दोस्रो पटक परराष्ट्र मन्त्रि बनेका हुन् । शनिवार उदयपुर आईपुगेका खड्कालाई वेलका नगरपालिका वडा नं. ८ र ५ नम्वर वडाले औपचारिक कार्यक्रमकै आयोजना गरेर बधाई तथा स्वागत गरेको थियो ।


यता वेलका नगरपालिकाको वडा नं. १ र २ तथा चौदण्डिगढि नगरपालिकाको ८ नम्बर वडा र नेपाली कांग्रेस चौदण्डिगढि नगर समितिले आईतबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।


मन्त्री भए पछि पहिलो पटक जिल्ला आईपुगेका डा. खड्काले उदयपुरको वेलका नगरपालिका वडा नं. १ र २ मा वेमौषमी बर्षाबाट भएको क्षतीको बिषयमा निरिक्षण तथा स्थानिय नागरिकहरु संग भेटघाट गरेको नेपाल विद्यार्थी संघका नेता चिरन्जीवि नेपालले जानकारी दिए ।
यता सोमबार त्रियुगा नगरपालिका वडा नं. ४ र नेपाली कांग्रेस त्रियुगा नगर कार्य समितिले गाईघाट स्थित होटल टाउन हलमा स्वागत तथा बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको कांग्रेस त्रियुगा नगर सभापती प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।

Last updated:2021 Oct 24 Sunday 11:23:23

प्रतिक्रिया
सम्बन्धित समाचार