उपाहार न्यूज
उदयपुर असोज ३
त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन मंसीर २४ गते गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । कोभिड १९ का कारण एक बर्ष अघि गरिनु पर्ने अधिवेशन एक बर्ष पछि मंसीर २४ को लागि तय गरिएको समितिले आईतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
यता असोज ४ गतेको लागि गरिने भनिएको साधरण सभा भ्रामक रहेको समितिले ठहर गरेको छ । समितिका पूर्व अध्यक्ष शंखर कुमार बस्नेतले सम्मानित उच्च अदालतलाई समेत मानहानी हुने गरी भेला आयोजनाको लागि गरिएको प्रचार अनाधिकृत र कानुन विपरित रहेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष शंकर कुमार बस्नेत ३ पटक भन्दा बढी बैठकमा अनुपस्थित भए संगै उनलाई समितिको अध्यक्षबाट २०७४ भाद्र २९ गतेको फैसलाबाट अध्यक्ष पद समेत समाप्त भएकाले बस्नेतले आव्हान गरेको साधरण सभा संस्थाको आधिकारिक नरहेको जनाएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष ओम खड्का, सचिव सन्तोष खड्का र कोषाध्यक्ष किरन पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा सोमबार दिन संस्थको कुनै कार्यक्रम नरहेको जनाएको छ । यता पूर्व अध्यक्ष भनिएका शंकर कुमार बस्नेतले भने संस्थाको आफुनै आधिकारिक अध्यक्ष भएकाले आफ्नो अधिकारको प्रयोग गर्दै साधरण सभा तथा अधिवेशनको आयोजना गरेको बताएका छन् ।