Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कृशलालाई न्याय माग्न बेल्टारका महिलाहरुले उठाए आवाज

  • उपहार न्यूज
  • शनिबार, साउन ३० २०७८
कृशलालाई न्याय माग्न बेल्टारका महिलाहरुले उठाए आवाज

उपाहार न्यूज
उदयपुर श्रावण ३०
रहस्यमय हत्या भएकी कृशला चौधरीको हत्याको सत्य तथ्य छानविन गरी यथासिघ्र अपराधिलाईलाई कार्वाहिको माग राख्दै चौदण्डिगढि नगरपालिकाका महिलाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनत्र बुझाएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका– ६, मोहनपुरकी १८ वर्षीय कृशला चौधरीको मृत्यु अझै रहस्यमय बन्दै गए पछि अनुसन्धान गरी हत्यामा संलग्न दोषीलाई कार्वाहिको माग राख्दै महिलाहरुले ज्ञापन पत्र बुझाएका हुन ।
चौदण्डीगढी नगरपालिकामा क्रियाशीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एमाले माधव नेपाल समूह र जनता समाजवादी पार्टी(जसपा) निकट महिला संगठनद्धारा बिरोध प्रदर्शन गरेका हुन् ।
चौधरीको हत्यामा संलग्नहरुलाई तत्काल सार्वजनिक गर्न माग राख्दै सिडिओमार्फत सरकारलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस निकट नेपाल महिला संघका नगर अध्यक्ष विनाकुमारी राई, माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी अध्यक्ष रन्जना पराजुली, एमाले निकट अनेमसंघ केन्द्रिय समिति सदस्य (माधव नेपाल समुह) चुना थापा मगर, समाजवादी महिला संघका केन्द्रिय सदस्य उर्मिला राई लगायतको नेतृत्वमा महिलाहरु जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेको थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार