किरण ढुंगाना,
जलजले, ३० साउन
अधिकांस १५ देखि २५ बर्स उमेर देखिने युवाहरु अचानक जलजले चोकमा भेला हुन्छन । कसैको हातमा प्ले कार्ड छ कसैले निधारमा कालो पट्टि बाधेका छन । कसैले अनुहारमा कालो पोतेका छन । सबै स्फुर्तरुपमा आएका छन । प्रर्दशनकर्ताले न त कुनै राजनैतिक दलका ब्यानर लिएका छन । न त उनीहरुको प्रर्दशनमा कुनै भासण नै सुनिन्छ । सबैले शान्तपुर्ण प्रर्दशन गरेका छन । सबै जना आफ्ना साथीको हत्याको छानबिनको लागी सान्ती पुर्बक बिरोध गरिरहेका छन । युवाहरु कोहि जलजले कोहि देउरी त कोहि बगाहा बाट आएका छन ।
उनिहरु मोहनपुरमा हत्याको आशंका गरिएको १६ बर्षीय कृशला चौधरीको न्यायका लागि आएको बताउछ प्रदर्शनलाई नेतृत्व गरिरहेका अमित भगत । उनी भन्छन ‘हत्या भएको आज १०औ दिन बिति सक्दा पनि प्रहरीे अपराधी पत्ता लगाउन असफल भएको छ । छिटो छानबिन गरि हत्यारा पत्ता लागोस हत्यारालाई कडा भन्दा कडा सजाय दिलाइ कृशला र उनका परिवारलाइ न्याय दिलाउनको लागि दबाब होस भनेर आएका हौ ।’

“हामिले सान्तीपुर्बक प्रदर्सन गरेका छौ । बीभत्स हत्याको बिरोध गरिरहेका छौ ।प्रर्दशनमा सहभागीहुन आएकी सिमरन चौधरी बताउछीन ।‘दिनदिनै हामी नारी असुरक्षित बनिरहेका छौ । एक्लै हिड्ने अवस्था छैन । सरकारले नारीको सुरक्षाको ग्यारेन्टी गरोस भन्ने चाहन्छौ ।’

कृषलाको आत्माले चिर शान्ती पाओस भनी हामी सवै कामना गर्छौ श्रद्घाञ्जली दिन आएकी कृषलाकी सहपाठी सोभा कार्की बताउछीन । सगै एस.ई.ई दिएकी सोभाका अनुसार कृषला निडर कसै संग बोल्न न हिच्कीचाउने, निडर एव मिलनसार रहेको वताउछिन । उनी भन्छीन ‘सगै पढ्ने साथिको हत्या भएको सुन्दा दुःखलागेको छ । चाडै हत्यारा पत्ता लागोस हत्यारालाई कडा भन्दा कडा सजाय होस । कृषलाले न्यायपाउन ।’

युवाहरुले प्रर्दशनमा नारी असुरक्षित कहिले सम्म, चुपलागेर बस्दैनौ न्याय मर्न दिदैनौ , न्याय देउ या न्यायालय वेचिदेउ, मेरो गरिमा बचाउ म तिम्री छोरी हँु, नारी सुरक्षित नभइ देश समृद्घ बन्दैन, तिमिले के लगाकी थियौ र ? सरकार देखाउ इच्छा, खोइ त महिलाको सुरक्षा लगायतका नारा समेटिएको प्ले कार्ड प्रर्दशन गरेका छन । कार्यक्रममा मैन बत्तीवालेर कृशलाको फोटोमा माल्यारोपन गरी श्रद्घाञ्जली समेत गरिएको थियो ।

गत साउन १९ गते चुरेको जंगल नजीक रातमाटे खोला छेउ सालको रुखमुनी गाडिएको अवस्थामा फेला परेकीत्रियुगा वडा नं ६ मोहनपुर निवासी १६ बर्षीय कृषला चौधरीको शवलाई पोष्टमार्टम गरि शवलाई अन्त्यष्टी गरीएको छ । घटना स्थलमा देखिएको शवको प्रकृती हेर्दा बलत्कार पछि हत्या गरिएको हुन सक्ने आशंका प्रत्यक्षदर्शी गाउलेहरुले गरेका छन । घटनाको प्रारम्भीक अनुसन्धान भैरहेको पोष्टमार्टम रिपोर्ट आएपछि थप तथ्य थाहा हुने प्रहरीको भनाई रहेको छ ।हाल सम्म हत्या के कारणले भएको हो खुल्न सकेको छैन । हत्यालाई लिएर उदयपुरका ठाउँ ठाउँमा प्रर्दशन भईरहेको छ ।