Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उद्योग वाणिज्य संघको पत्र बुझेनन भगतले

  • उपहार न्यूज
  • सोमबार, साउन ४ २०७८
उद्योग वाणिज्य संघको पत्र बुझेनन भगतले

उपाहार न्यूज
उदयपुर असार ४
त्रियुगा उद्योग वाणिज्य संघको असार २८ गते कार्य समिति बैठकबाट कारबाहिमा परेका अध्यक्ष गजेन्द्रकुमार भगतले संघले पठाएको जानकारी पत्र नबुझे पछि पुन पत्र वाणिज्य संघमानै फर्केको छ । असार २८ गते भगतलाई तीन बर्ष सम्म साधरण सदस्यता समेत नरहने गरी संघले कार्वाहि गरेको थियो ।

आर्थिक बर्ष २०७४/०७५ मा भगतले वाणिज्य संघकलाई रकम बुझाउन बेरेजु देखिए पनि तीन आर्थिक बर्ष सम्म पनि रकम नबुझाए पछि प्रथम उपाध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बहुमत कार्य समितिको बैठकले भगतलाई कारबाहि गर्ने निर्णय गरेको थियो ।

असार २८ गते संघले पठाएको जानकारी पत्रमा ७ दिन भित्र संस्थाको बेरुजु रकम संस्थामा जम्मा गर्नका लागि आग्रह गर्दै जिल्ला हुलाक कार्यालय उदयपुर मार्फत रजिष्टर गरेर निलम्वनमा परेका भगतलाई पठाईएको पत्र असार १ गते संघमा फिर्ता आएको कार्यवाहक अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो ।

Last updated:2021 Jul 19 Monday 13:52:01

प्रतिक्रिया
सम्बन्धित समाचार