Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटारीमा उचित मुआब्जा दिएर मात्रै काम सुरु गर्न माग

  • उपहार न्यूज
  • सोमबार, असार २८ २०७८
कटारीमा उचित मुआब्जा दिएर मात्रै काम सुरु गर्न माग

विश्वराज तामाङ
उदयपुर असार २८
कटारी नगरपालिका ४ स्थित मरुवा खोला क्षेत्रबाट सोलु करिडोर १३२ केभी प्रशारण लाईन आयोजनाको टावर निर्माण स्थानिय नागरिकलाई चित्त बुझ्दो मुआब्जा दिएर मात्रै काम सुरु गर्नका लागि सोमबार ज्ञापन पत्र बुझाईएको छ । कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईलाई सोलु करिडोर प्रशारण लाईन आयोजना टावर विस्तारको लागि जनतालाई उचित मुआब्जा दिएर काम अघि बढाउनका लागि आग्रह गर्दै ज्ञाप पत्र बुझाएको हो ।
सोलु करिडोर निर्माणको लागि स्थानियले विगत लामो समय देखि अवरोध सृजना गर्दै आएका थिए तर पछि उचित मुआब्जा दिएर काम थाल्ने भनिए पनि मुआब्जा चित्त बुझ्दो नभएकाले स्थानियले निर्माणमा अबरोध सृजना गरेका थिए । सोलु करिडोर प्रशारण लाईन बिस्तारको लागि स्थानियले अवरोध सृजना गरेको भन्दै केहि दिन अघि शसस्त्र प्रहरीको ठूलो संख्यामा उक्त क्षेत्रमा परिचाल गरेर लाईन बिस्तार गर्न खोजेको भन्दै स्थानिय नागरिकहरु आन्दोलित भएका थिए । उनीहरुले कटारी नगरपालिका कार्यालयलमा तालाबन्दी समेत गरेका थिए, स्थानियहरु आक्रोति भए पछि शनिवार उक्त स्थानमा उदयपुर क्षेत्र नं. २ का संसद सुरेशकुमार राई, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु पुगेर जनताको मागलाई उचित संबोधन गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
यता सोमबार नगर प्रमुख श्रेष्ठ, उप प्रमुख भिमकुमारी राउत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकहरु सहितको टोलीलले विभिन्न माग राख्दै ज्ञाप पत्र बुझाएका हुन् ।
स्थानिय नागरिकहरुको आवाजलाई संबोधन गर्दै हामीले ज्ञापन पत्र बुझाएका छौ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने ज्ञापन पत्रमा करिडोरको प्रशारण लाईन निर्माण स्थलको जग्गाको मुल्यांकन प्रति कट्ठा ५० लाखको दरले मुआब्जा दिन पर्ने माग राखिएको छ ।
उक्त स्थानका नम्बरी तथा ऐलानी जग्गाको मुआब्जा वितरण गर्दा तार प्याड समान दरले वितरण गरिनु पर्ने, स्थानियको सर्वपक्षिय सहमतीमा मात्र काम अघि बढाईनु पर्ने, करिडोर प्रशारण लाईन निर्माण स्थलका क्षेत्रको विद्यालयमा राखिएका शसस्त्र प्रहरीलाई तत्काल फिर्ता पठाउन पर्ने माग राखिएको छ ।
करिडोर निर्माण स्थलमा जग्गाको मुआब्जाको प्रति कट्ठा १४ हजार ६ सय २५ देखि १९ लाख ५६ हजार एक सय चालिस दिने निर्णय मुआब्जा कायम गरिएकोमा तार प्याड मुनीको जग्गाको ६६ प्रतिशत र तार मुनीको जग्गाको हकमा २० प्रतिशत दिने निर्णय असमान रहेको प्रति स्थानियले विरोध गर्दै आएका छन् ।
यता ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले काम कुनै हालतमा नरोकिने बताउनुभयो । ‘ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलाराज सुनुवारको संयोजकत्वमा मुल्याकंन गरिएको मुल्य नै कायम गरिएको हो ।’उनले भने –‘मुअब्जा मूल्याकंनमा जनप्रतिनिधि किन सहभागी भएनन् ।’स्थानीयको माग बमोजिमको मुअब्जा पुर्नमूल्याकंनका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने सेढाईको भनाई थियो । सरकारको निर्देशन र कानुन बमोजिम काम अघि बढाएकाले काम नरोकिने पनि अधिकारी सेढाईले बताउनुभयो ।
डेलिगेसनमा कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपप्रमुख उपमेयर भिमकुमारी राउत , पहल समितिका केपी बराल , सर्वपक्षिय राजनीतिक दलका प्रतिनिधिहरु , तथा स्थानीयहरु ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय गाईघाट पुगेका थिए । डेलिगेसनमा पुगेका कटारी नगरका मेयर श्रेष्ठले जनताको चित्त बुभ्mने गरी मुअब्जा मूल्याकंन हुनुपर्ने र विकासका काम अघि बढ्नुपर्ने बताउनुभयो ।


दुईदिन अघि मात्रै उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद शुरेस कुमार राई , मेयर श्रेष्ठ तथा राजनीतिक दलका प्रतिनिधिहरु स्थलगत रुपमा नै मरुवामा पुगेर सुरक्षाकर्मीहरुलाई सहमति नभएसम्म काम अघि नबढाउन आग्रह गरेका थिए । तर पनि कामलाई प्रशासनले निरन्तरता दिईरहेको छ ।


लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पटक–पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका थिए ।तर सरकारले प्रस्तावित स्थानभन्दा अन्यत्र टावर नसार्ने भएपछी स्थानीय अहिले मुअब्जा बढाए काम गर्न दिने अवस्थामा पुगेका छन् ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने कामसमेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । मरुवाका स्थानीयले गाउँमा पर्ने १० वटा टावर राख्न दिएका थिएनन सोही टावर अहिले प्रहरी राखेर राख्न सुरु गरिएको हो ।

Last updated:2021 Jul 12 Monday 15:35:26

प्रतिक्रिया
सम्बन्धित समाचार