भास्कर चौधरी
उदयपुर असार १९
अविरल बर्षाका कारण त्रियुगा नदिमा पानीको बहाब बढे संगै आएको बाढिका कारण उदयपुरको चौदण्डीगढी नगरपालिका ५ १२ बर्ष देखि निर्माणधिन सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुलको पिलर दबिदा पुल भत्कीएको छ । त्रियुगा नदिमा निर्माणधिन सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको स्थानिय पर्वत दाहालले जानकारी दिनु भयो । निर्माणधिन पुलमा स्थानियले अस्थायी रुपमा आवात जावत गर्ने गरेका थिए, बाढीले स्लाप बगाउँदा एक जना घाईते भएका छन् । बाढिले पुल बगाउदा पुलमा सवार चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ घाईते भएका छन् ।