Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बेलकामा प्रहरी गाउँले बिच घम्साघम्सी

  • उपहार न्यूज
  • बुधबार, असार १६ २०७८
बेलकामा प्रहरी गाउँले बिच घम्साघम्सी

उपाहार न्यूज
उदयपुुर असार १६
नगरपालिकाले एलानी जग्गालाई कवुलियत बनाउन सिफारिस गरेको विरोधमा उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानिय विच झडप भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि स्थानिय नागरिकहरु दुई साता अघि देखि आन्दोलित छन् ।
नगरपालिकाको वडा नम्बर ३ र ५ का वासिन्दालाई बिचल्ली बनाउने गरी मेयरले कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै स्थानीय वासिन्दा नगरपालिका कार्यालय घेराउ गर्न पुगेका नागरिक माथि प्रहरीले लाठि चार्ज गरेका थिए जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रदर्शनकारीले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा १० स्थानिय सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका ४ जना गरी ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । घाइते प्रहरीको सदरमुकाम गाईघाटमा उपचार भइरहेको डीएसपी बेद बहादुर गौतमले जानकारी दिए । प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन ।
नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईं, माओवादी केन्द्रका अध्यक्ष मनोज तामाङ, जनता समाजवादीका अध्यक्ष सुरेन्द्र राई, राप्रपा अध्यक्ष टिकाराम शर्मा र नेकपा नगर सचिव सुकदेव चौधरीले प्रहरीले बल प्रयोग गरेको भन्दै विज्ञप्ति निकालेर विरोध गरेका छन् ।
उनीहरुले घाइते सबैको उपचार र गिरफ्तार गरिएकाहरुके शीघ्र रिहाइको माग गरेका छन । समस्या समाधानका लागि नगरपालिकाले तत्कालै वार्ताको वातावरण बनाउने पर्ने अन्यथा थप आन्दोलन हुनसक्ने उनीहरुले चेतावनी दिएका छन । बेलका नगरपालिकामा अघिल्लो बर्ष पनि स्थानिय नागरिकहरु नगरपालिका भित्र भएको भ्रष्टचारको छानविनको माग राख्दै चरणबद्ध बिरोध प्रदर्शन गरेका थिए । दुई बर्ष अघि स्थानिय खोलाहरुबाट ढुगा गिट्टि बालुवा अनियमित रुपमा दोहन गरेको भन्दै स्थानिय नागरिक आन्दोलित भएका थिए ।

Last updated:2021 Jun 30 Wednesday 15:04:52

प्रतिक्रिया
सम्बन्धित समाचार