उपाहार न्यूज
उदयपुर असार १०
नेपाल रेडक्रस सोसाईटी उदयपुरले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्ताणतरन गरेको छ, नेपाल रेडक्रस सोसाईटी र युएनएफपिएको सहयोगमा जिल्ला अस्पताल उदयपुर, जिल्ला स्वास्थ्य कार्यालय र जिल्लाका विभिन्न स्थानिय तहमा संचालित स्वास्थ्य संस्थालाई सामाग्री उपलब्ध गराईएको हो ।
कोभिड १९ को विपदको समयमा विशेषगरी गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती गराउनका लागि स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य किट सहितको सामाग्री उपलब्ध गराईएको नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेतले जानकारी दिनु भयो ।
जिल्लाभरका लागि करिब दुई हजार महिलालाई सुरक्षित प्रसुती गराउनका लागि स्थानिय स्वास्थ्य संस्थामानै सेवा उपलब्ध गराउनका लागि आवश्यक सहयोग गरिएको सभापती बस्नेतले जानकारी दिनु भयो । बिहिबार विहान जिल्ला अस्पताल परिसरमा अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियार, निमित्त मेडिकल सुपरिडेण्ट जीवनारायण मण्डललाई सामाग्री हस्ताणतरन गरिएको हो ।
यता जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीलाई सामाग्री प्रदान गरिएको थियो, जिल्लाका अन्य पालिकामा युएनएफपिएको सहयोग र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यलयको समन्वयमा प्राप्त सामाग्री प्रदान गरिएको रेडक्रस उदयपुरका मन्त्री सुभाषकुमार श्रेष्ठले जानकारी दिनु भयो ।