Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको कटारीमा मृतक परिवारलाई नगरपालिकाद्धारा २५ हजार सहयोग

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ ३० २०७८
उदयपुरको कटारीमा मृतक परिवारलाई नगरपालिकाद्धारा २५ हजार सहयोग

उदयपुर । उदयपुरको कटारी ५ बर्मजियाका बलबहादुर थापामगरको मृत्युपछि उनका परिवारलाई कटारी नगरपालिकाले २५ हजार आर्थिक सहयोग गरेको छ । केही दिनअघि बिरामीका कारण मृत्यु भएका बलबहादुरको छोरो बेपत्ता भएपछि छोरी भगवतीले आर्यघाँट पु¥याएर दागबत्ती दिएकी थिइन् ।

छोरा नहुदा पनि सामाजिक अन्धविस्वास तोड्दै बाबुको चितामाथि अग्नीदहन गरेकी भगवतीको परिवारिक अवस्था अत्यन्तै नाजुक भएको खवर बिभिन्न सञ्चारमाध्यममा आएसँगै नगरपालिकाले सो सहयोग उपलब्ध गराएको हो । सो परिवारलाई कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले मृतकको घरमै पुगी किरीयापत्री बसीरहेका दुई छोरी र श्रीमतिलाई हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार