ठविन्द्र मगर
ताप्ली जेठ २८
उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४, ठानागाउं को पोखरीमा आज साझ बोलेरो दुर्घटना हुदा घटना एक जनाको पुरुस को मृत्यु भएको छ । दुर्घटनाबाट चालक सहित तीन जना घाइते भएको जानकारी दिनु भयो । बुलेरोको नं खुल्न सकेको छैन ज्यामिरे को लागि कुटानी पिसानी मिलको सामान बोकेर आउदै गरेको बोलेरो दुर्घटना भएको हो । मृतक दुधौली नगरपालिका सिन्धुलिको इन्द्र बहादुर बिक रहेका छन् ।
दुर्घटनाबाट चालक दिनेश श्रेष्ठ, जिप सन्चालक ताप्ली ४ पोखरिको डम्बर ब तामाङ, मिल को सामान ढुवानी कर्ता झगर ब सार्की रहेको स्थानिय मिलन तामाङ ले जानकाती दिनुभयो । घटना स्थल तर्फ प्रहरी चौकी रुपाटारबाट घटना स्थलमा तर्फ लागेको जानकारी प्राप्त भएको छ । दुर्घटना संबन्धि थप जानकारी प्राप्त हुन बाकी छ ।