Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कुटेर श्रीमतिको हत्या गर्ने पक्राउ

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ १५ २०७८
कुटेर श्रीमतिको हत्या गर्ने पक्राउ

सिराहा : सिराहामा श्रीमानको कुटपिटवाटै श्रीमतीको मुत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका एक युवाको कुटपिटवाट श्रीमतीको मृत्यु भएको हो । २२ वर्षीय ललित सदाको कुटपिटवाट उनी श्रीमती २० वर्षीया सरितादेवी सदाको मृत्यु भएको हो। ललितलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ।

मदिरा सेवन गरेका ललित सदाले घरायसी विषयमा विवाद हुँदा बिहीबार राती सरितालाई कुटपिट गरेका थिए । कुटपिटवाट घाइते भएकी सरितादेवीको शुक्रवार विहान मृत्यु भएको जनाईएको छ। स्थानीय बासिले खवर गरेपछि पुगेको प्रहरीले ललितलाई पक्राउ गरेको हो । दुई छोरीकी आमा सरिताको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

Last updated:2021 May 29 Saturday 13:41:06

प्रतिक्रिया
सम्बन्धित समाचार