Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

तरकारी बोकेको झोलाभित्र लागूऔषध, दुईजना पक्राउ

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ १२ २०७८
तरकारी बोकेको झोलाभित्र लागूऔषध, दुईजना पक्राउ

झापा : लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् ।

उनीहरुले तरकारी बोकेको झोलाभित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

Last updated:2021 May 26 Wednesday 12:23:51

प्रतिक्रिया
सम्बन्धित समाचार