Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश विश्वकर्मालाई समर्थन जुट्दै

  • उपहार न्युज
  • सोमबार, चैत्र २ २०७७
त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश विश्वकर्मालाई समर्थन जुट्दै

उपाहार न्यूज
उदयपुर चैत २
त्रियुगा उद्योग वाणिज्य संघको आगामी २०७७ जेठ १५ गतेको लागि अधिवेशन तोकिए संगै उदयपुर सदरमुकाम गाईघाटमा व्यापारीहरु माझ अधिवेशनको सरगर्मी सुरु भएको छ । उद्योग वाणिज्य संघको पछिल्लो निर्णय अनुसार बैशाख १० गते सम्म नयाँ सदस्यता दर्ता तथा नविकरणको लागि म्याद तोकिएको छ भने जेठ १५ लाई अधिवेशन तोकिएको छ ।
वर्तमान कार्य समितिको कार्यकाल सकिएर नेतृत्व समेत परिवर्तन गर्ने गरी हुन लागेको अधिवेशनमा मुख्यतया नेतृत्व परिवर्तन मुख्य चासोको हेर्ने गरिन्छ । आगामी अधिवेशनको लागि त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्षको चर्चा यतिवेला बजारमा सुरु भैसकेको छ । संघको नेतृत्वको लागि त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा मात्र हाल सम्म एक मात्र बलियो दाबेदारको रुपमा देखा परेका छन् । सूनचादी व्यवसायी संघका केन्द्रिय सह कोषाध्यक्ष समेत रहेका विश्वकर्मा गाईघाटमा रुजल ज्वेलर्सका संचालक हुन् । संघमा द्धितृय उपाध्यक्ष हुदै पछिल्लो अधिवेशनबाट प्रथम उपाध्यक्षमा लोकप्रिय मत प्राप्त गर्दै बिजय भएका रसाईली अध्यक्षको लागि एक मात्र दाबेदारको रुपमा देखा परेका हुन् ।
द्धितृय उपाध्यक्ष, प्रथम उपाध्यक्ष भैसकेका रसाईलीले स्वभाविक रुपमा आफु संघको अध्यक्ष उम्मेदार हुने योग्यता भएको र व्यापारीहरुको सुख दुःखमा समेत साथ दिदै आएकाले आफुलाई अध्यक्षमा व्यापारीहरुले चुन्नेमा ढुक्का छन् ।
व्यवसायीहरुको हक हितको लागि दिनरात लागि पर्ने रमेश रसाईली सालिन र भद्र स्वभावका छन् व्यापारीको समस्यामा रात दिन नभनी लाग्ने भएकाले उनी प्रति सिंगो व्यापारीहरु सदभाव राख्ने स्थानिय व्यवसायीहरु बताउछन् । त्रियुगा उद्योग वाणिज्य संघको संस्थागत विकास संगै व्यवसायीहरुको हक हितको लागि समेत सधै लागी पर्ने रसाईलीलाई यतिवेला उद्योग वाणिज्य संघको अध्यक्ष बनाउनका लागि उद्योग व्यवसायी संगै विभिन्न क्षेत्रको समर्थन प्राप्त हुन थालेको छ ।
यता सोमाबार (चैत २) गते नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्य समितिको बैठकले समेत विश्वकर्मा नेतृत्वको प्यानललाई समर्थन गर्ने निर्णय गरेको छ । अघिल्लो पटक पनि नेपाली कांग्रेसको समर्थन प्राप्त प्यानलले मुख्य पदहरु सहित बहुमत कार्य समितिमा बिजयी भएका थिए ।
यसपटक नेपाली कांग्रेसले पनि विश्वकर्मा नेतृत्वको प्यानललाई सहयोग गर्ने गरी निर्णय भएको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती विदुर बस्नेतले जानकारी दिनु भयो । यता अन्य राजनैतिक दलहरुले पनि रसाईली नेतृत्वको प्यानललाई उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा सहयोग तथा समर्थन गर्ने बुझिएको छ ।

Last updated:2021 Mar 15 Monday 16:24:37

प्रतिक्रिया
सम्बन्धित समाचार