Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

डा. नारायण खड्काको अनवरत प्रयास त्रियुगा नदी नियन्त्रण गरिदै

  • उपहार न्युज
  • बिहिबार, माघ २२ २०७७
डा. नारायण खड्काको अनवरत प्रयास  त्रियुगा नदी नियन्त्रण गरिदै

विश्वराज तामाङ
उदयपुर माघ २२
उदयपुरको दुःखको रुपमा लिईदै आएको त्रियुगा नदि अब भने नियन्त्रण हुने भएको छ त्रियुगा नदि नियन्त्रणको लागि अर्थ मन्त्रालय मार्फत पहिलो चरणमा एक अर्ब ९६ करोड बजेट स्वीकृत भएको हो । उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य, पूर्व शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्का तत्कालिन समयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुदाँ देखि त्रियुगा नदि नियन्त्रणको लागि गरिएको प्रयास अब भने पुरा हुने भएको छ ।
विगतमा त्रियुगा नदि नियन्त्रणको लागि गरिएको डिपिआर प्राविधिकहरुले कÞरीब १२ अरवको अत्याधीक लागत अनुमान भए पछि योजना कार्यन्वयन हुन सकेको थिएन । डिपिआर कार्यान्वन नभए पछि पून पुनरावलोकन गरी त्यसलाई ६ अर्ब ८४ करोड मा ल्याईएको थियो । डा. खड्का शहरी विकास मन्त्री हुदाँ त्रियुगा नदी नियंत्रणलाई दीर्घकालीन योजनाको रुपमा विकाश विनियोजनमा समावेश गरिएको थियो ।

चालु आर्थिक बर्षमा कÞरीब सात अरवको लागत अनुमान रु ८ अर्ब १५ करोड मा आए संगै सिंचाई मंन्त्रालयवाट डिपिआर स्वीकृत भए संगै अघि बढ्ने भएको हो । उदयपुरको विकासको लागि निरन्तर लागी परेका डा. खडका डिपिआर अनुसार त्रियुगा नदि नियन्त्रणको लागि आवाश्यक वजेट स्विकृत गराउन राष्ट्रपति, प्रधानमंत्री र अर्थ मंन्त्रीहरु संग वारंवार अनुरोध र छलफल पछि योजना कार्यान्वयन हुने भएको हो ।
योजना कार्यान्वयनको लागि अंततः हालै मात्र अर्थ मंत्रालयले गुरू योजनाको लागि आवाश्यक वजेट स्विकृत गरेको छ । चार चरणमा काम सुरु हुने खाडो तथा त्रियुगा नदि व्यवस्थापन आयोजनाका प्रमुख रेवाकान्त यादवले जानकारी दिनु भयो ।

राष्ट्रिय योजना आयोगबाट नदि नियन्त्रणको बहु वर्षीय योजना स्वीकृत भए पछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाटे बहुबर्षीय ठेक्का सहमतीको लागि राष्ट्रिय योजना आयोग संग सहमती पश्चात अर्थ मन्त्रालयले बहुबर्षिय ठेक्का मार्फत काम अघि बढाउनका लागि एक अर्ब ९६ करोडको स्रोत सुनिश्चिताको लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र पठाए पश्चात काम अघि बढ्ने भएको हो ।
त्रियुगा नदि नियन्त्रणको लागि काम अघि बढाउनका लागि अब बहुबर्षिय ठेक्का मार्फत पहिलो चरणमा अति जोखिमपूर्ण क्षेत्रको पहिचान गरेर प्राथमिक्ताको आधारमा काम अघि बढाउन सुरु गरिने आयोजनका इन्जिनियर रामकुमार साहले जानकारी दिनु भयो ।

अर्थमन्त्री बिष्णु पौडेल संग केहि दिन अघि भेटमा धन्यवाद दिनु हुदै डा. नारायण खड्का दाया
नदि नियन्त्रणको लागि त्रियुगा शिर देखि दुवै तर्फ ५० किलोमिटर गरी कुल एक सय किलोमिटर बाध तयार हुने छ, पहिलो चरणमा नदिको दुवै तर्फ गरी २४.२२ किलोमिटर बाध तयार गरिने योजना रहेको इन्जिनियर साहले जानकारी दिनु भयो । त्यसका लागि अब केहि समय पश्चातनै टेण्डर मार्फत काम अघि बढाईने छ, त्यसको लागि आयोजना बन्दोबस्तीको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गरेर काम अघि बढाईने भएको छ । त्रियुगा नदिका कारण बर्षेनी हजारौ हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुदै जाँदा त्रियुगा नदि आसपासका नागरिकले सास्ती खेप्दै आउनु परेको छ । हाल सम्म लाखौ हेक्टर जमिन बगरमा परिणत हुदाँ स्थानिय नागरिकहरुले ठूलो क्षती बेहोर्दै आउनु परेको हडियाका पर्वत दाहाल बताउनु हुन्छ ।

बर्खायाममा त्रियुगा नदिमा आउने बाढि
यता त्रियुगा नदि नियन्त्रणको लागि अर्थ मन्त्रालयबाट बहुबर्षिय ठेक्का मार्फत स्रोत सुनिश्चिता भए पछि प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले राष्ट्रपती विद्यादेवी भण्डारी प्रति विशेष आभार प्रकट गर्नु भएको छ । यता हालै मात्र अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर धन्यवाद दिनु भयो । उदयपुरको नागरिकहरुको दुःखको रुपमा लिईने त्रियुगा नदि नियन्त्रणको लागि लामो समयको प्रयास सफल भएको छ, नदि नियन्त्रण भए स्थानियहरुको खेतियोग्य जमिन तथा बस्तीहरुकोहरुको सुरक्षा हुने भएको छ डा. खड्काले उपाहार संगको कुराकानीमा बताउनु भयो ।
आफुले विगत लामो समय देखिको प्रयास सफल भएको छ यो सबै उदयपुरबासी र सवै राजनीतिक दलहरुको सफलता र खुसीको समाचार हो डा. खड्काले उपाहार संगको कुराकानीमा भन्नु भयो ।

Last updated:2021 Feb 04 Thursday 05:41:26

प्रतिक्रिया
सम्बन्धित समाचार