Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सासंद डा. नारायण खड्काको पहलमा मस्जिद निर्माण भए पछि सिंगो मुस्लीम समुदाय हर्षित

  • उपहार न्युज
  • बुधबार, माघ १४ २०७७
सासंद डा. नारायण खड्काको पहलमा मस्जिद निर्माण भए पछि सिंगो मुस्लीम समुदाय हर्षित

उपाहार न्यूज
उदयपुर माघ १४
एक बर्ष अघि निर्माण सुरु भएर सम्पन्न मुस्लीम समुदायको आस्थाको केन्द्रको रुपमा लिईने जामे मस्जिद उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित स्थानिय मुस्लीम समुदायको आस्थाको धरोहरको रुपमा रहेको मस्जिद एक बर्ष अघिबाट पुन निर्माण सुरु भएको थियो ।
मस्जिद उदघाटन संयुक्त अरब इमिरेट्स युएइ दुबईका नेपाल राजदुत साहिद हमद अल्नाक्वी र प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले रिबन काटी उदघाटन गरिएको हो । उदघाटन सभालाई सम्बोधन गर्दै राजदुत अल्नाक्बिले भने नेपालको हिमनदिको पानी अरबमा ब्यबसाय गर्ने हो भने पनि आधा बिकास हुने दाबा गरे । अरबको तेल र नेपालको पानी दुबै देशको प्राकृतिक सम्पदा हुन उनले भने । छिटो बिकाशको लागि नेपालले पानीको सदुपयोगमा ल्याउनु पर्ने तर्क उनले राखे ।
निर्माण सम्पन्न मस्जिदलाई पुन एक तला थप गर्न समेत रकम सहयोग गर्ने उनले बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा उदयपुर निर्बाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य डा.नारायण खड्काले भने (सन्सारको सानो देश भएपनी बिकासमा उच्च गतिशीलता बोकेको राष्ट्रको नामले परिचित युईएबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नु भयो ।
दुबाई सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा सहयोग गर्दै आएको प्रति आभार प्रकट गर्नु भयो । ए । मस्जिद उदघाटन सभामा जिल्लाका प्रदेशा सभा सदस्य ,उपमेयर देवी चौधरी, लगायत जनप्रीतनिधि विभिन्न पार्टीका प्रमुख प्रतिनिधिहरुका उपस्थित रहेका थिए । त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाले संचालन गर्नु भएको कार्यक्रममा स्थानिय मुस्लीम समुदायको बाक्लो उपस्तिथी रहेको थियो । युएईको राजदुताबासको सहयोगमा एक तले सुविधा सम्पन्न मस्जिद निर्माण भएको र अझ माथिल्लो तल्ला समेत थप गर्न सहयोगका याचना राखिएको किस्मत अलिले जानकारी दिनु भयो ।
डा. नारायण खड्काको पहलमा मस्जिदले नया स्वरुप पाए पछि स्थानिय मुस्लीम समुदायहरु पनि हर्षित भएको स्थानिय कलिम अलिले बताए ।

Last updated:2021 Jan 27 Wednesday 14:14:47

प्रतिक्रिया
सम्बन्धित समाचार